काठमाडौँ, २० कात्तिक । फिल्म ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । अभिनेता हरिवंश आचार्यलाई लिएर फिल्म ‘पाँच पाण्डव’ निर्माण हुने भएको हो ।
सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा यो फिल्म बन्न लागको हो । उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो । यो फिल्म सामाजिक कथाबस्तुमा बन्ने निर्माणपक्षले जानकारी दिए ।
निर्देशक निरौलाले भन्नुभयो, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।” उहाँले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल (धुर्मुस), जितु नेपाल र सागर लम्साल (बले), दीपाश्री निरौला, रजनी गुरुङलगायतको अभिनय रहने जानकारी दिनुभयो ।
छायांकन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताउनुभयो ।
कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ हुनुहुन्छ । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र पाँच पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्