काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रले वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्न संवाद समिति बनाउने भएको छ । केन्द्रीय समितिको बैठकमा मंगलबार बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले भनेका छन्, ‘पार्टी एकता संवाद समिति तत्काल बनाउने ।’ प्रचण्डले गत आइतबार राजनीतिक प्रतिवेदनमै वैज्ञानिक समाजवाद मान्ने पार्टीहरूसँग एकता गर्ने प्रस्ताव राखेका थिए । यसमा केन्द्रीय सदस्यहरूको सर्वसम्मत धारणा आएको भन्दै प्रचण्डले पार्टी एकता संवाद समिति तत्काल वनाउन घोषणा गरेका हुन् ।
प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरूसँग एकताको पहल गर्ने भनेका छन् । प्रचण्डले नेत्र विक्रम चन्द नेतृत्वको नेकपासँग पनि एकताको पहल गर्ने भनेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापटोका अनुसार क्रान्तीकारी शक्तिहरूसँग एकता गर्ने विषय राजनीतिक प्रतिवेदनमै आएको विषय हो ।
सापकोटाका अनुसार वैज्ञानिक समाजवाद मान्नेहरूसित एकताको लागि पहल गर्ने भनिएको हो । उनले यस अन्तर्गत चन्द नेतृत्वको नेकपा, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्