जीवन्त अभिनयका धनि अभिनेता दयाहाङ राईलाई यतिबेला भ्याइनभ्याइ

काठमाडौँ, २५ पुस । अभिनेता दयाहाङ राईलाई यतिबेला भ्याइनभ्याइ छ । एकातिर छायांकनको निकै चटारो छ भने अर्कोतिर रिलिज पर्खिएर बसेका फिल्मको ताँती नै छ । अहिले अवस्था यस्तो आएको छ कि एकै मितिमा उनका आफ्नै फिल्म बक्स अफिसमा भिडिरहेका छन् । अब छायांकन समेत जुध्न थालेको छ । अहिले उनका दुईवटा फिल्म ‘मनसरा’ र ‘डिग्री माइला’को एकसाथ छायांकन भैरहेको छ ।

सबैभन्दा पहिला दयाहाङले ‘डिग्री माइला’को छायांकन भ्याउनेछन् । यो फिल्मको ‘फर्स्ट सेड्युल’ पूरा भैसकेकाले अब धेरै दिनको छायांकन बाँकी छैन । सोमबारदेखि ओखलढुंगाको रुम्जाटारमा फिल्मको छायांकन सुरु गरिएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा दयाहाङको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिएको छ । आगामी नयाँ वर्षमा फिल्मलाई रिलिज गर्ने तयारी छ ।

‘डिग्री माइला’को छायांकन सकाएपछि दयाहाङले ‘मनसरा’लाई समय निकाल्नेछन् । यो ‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको फिल्म हो । फिल्ममा दयाहाङका साथै मिरुना मगर, मेनुका प्रधान, प्रविण खतिवडा पनि मुख्य भूमिकामा देखिँदैछन् । आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने यो फिल्मको आइतबार शुभमुहूर्त गरेपछि सोमबारदेखि ललितपुरको नख्खुबाट छायांकन थालिएको हो ।

‘मनसरा’को छायांकनपछि दयाहाङले फिल्म ‘घरज्वाइँ’मा काम गर्ने जनाइएको छ । यसमा उनको जोडी मिरुना मगरसँग बाँधिनेछ । योसँगै उनको पाइपलाइनमा ‘गाउँ नै रमाइलो’, ‘दुःखी आत्मा’, ‘नाङ्गो गाउँ २’, ‘लाहुरे एण्ड दाउरे’, ‘वरिष्ठ बलराम’, ‘भूठान’ आदि फिल्महरु छन् । यसैगरी, उनका ‘गाउँ आएको बाटो’, ‘रंगेली’, ‘हात्तीछाप’, ‘दयारानी’ आदि फिल्म रिलिजको पखाईमा रहेका छन् ।

यसैगरी,चलचित्रमा अभिनेता, अभिनेत्रीका भूमिका वा पात्र फरक–फरक देखिने गर्छन् । उनीहरू ग्रामीण परिवेशदेखि सहरिया आवरणमा पनि आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् । निर्देशक र लेखकद्वारा प्राप्त भूमिकालाई जीवन्त बनाउन उनीहरूले अपनाउने शैली भने फरक हुन्छ । अभिनेता राजेश हमालले अभिनयमा तीन दशकभन्दा लामो समय बिताइसक्नु भएको छ ।

उनलाई ग्रामीण परिवेशदेखि सहरिया भूमिकामा दर्शकले रुचाएका छन् तर उनले बाल्यकालदेखि अभिनय सुरु गर्दा चलचित्रमा निर्वाह गर्ने भूमिकाको जीवनशैली बिताएका थिएनन् । यद्यपि उनले त्यसलाई कसरी खोज्नु अथवा बुझे ? अभिनेता हमालले आफूले निर्वाह गरेको चरित्र वा पात्रको ठाउँमा उभ्याएर परिस्थिति र भोगाइ बुझ्ने क्षमता भएमा उक्त जीवन बाच्नु नपर्ने राससलाई बताए ।

‘दश दिन भोको मान्छेको भूमिका निर्वाह गर्दा मैले त्यसरी नै भोको बस्नुपर्दैन, तर मैले उक्त व्यक्तिको परिस्थिति बुझ्नुपर्छ । यही अनुभवमा मैले काम गरेँ, दर्शकले रुचाउनु पनि भयो’, अभिनेता हमालले भने,‘मैले सुरुमा व्यक्तिहरू भेट्दा हाम्रै मान्छे हो भन्नुहुन्थ्यो । मेरो निर्वाह गरेको पात्रले मलाई उहाँसँग नजिक बनाएको थियो ।’ उनले सुरुवाती दिनमा किसान, मजदुरलगायत विभिन्न व्यक्ति वा वर्गको भूमिका निर्वाह गरे । त्यसलाई दर्शकले रुचाए तर अभिनेता हमालले उक्त जीवनशैली वास्तविक जीवनमा अनुभव गरेका थिएनन् ।

यसमा नाटक हुँदै चलचित्रमा आउने अभिनेताको शैली भने फरक छ । गुरुकुल नाटकघरमा अभिनय सिक्ने क्रममा अभिनेता कमलमणि नेपाललगायतले भरियाको चरित्र निर्वाह गर्दा त्यसलाई बुझ्न प्रयोगात्मक शिक्षा नै लिनुभएको थियो । अर्थात् भरिया बनेर बजारमा काम गरेर उक्त पात्रले महसुस गर्ने पीडा, बोल्ने शैली, सामाजिक व्यवहारका बारेमा जानकारी लिएका थिए ।

अभिनेता प्रमोद अग्रहरि नाटकघर र चलचित्रमा व्यस्त कलाकार हुन । उनले निर्वाह गर्ने भूमिका दर्शकले रुचाएका छन् । आपूmले नभोगेको जीवनलाई पर्दामा प्रस्तुत गर्नु सहज नभएको उनले बताए । ‘मैले जुन भूमिका चलचित्रमा निर्वाह गरेको छु, त्यो वास्तविक जीवन भन्दा धेरै फरक छ ।

म त्यसलाई लेखिएको पात्रमार्फत समाजमा खोज्ने गर्छु । समाजमा भेटिने त्यस्ता पात्रलाई पर्दामा प्रस्तुत गर्छु’, अभिनेता अग्रहरिले भने । उनले पात्रमा अन्यको प्रभाव पर्ने डरले कम चलचित्र हेर्ने गरेको बताए । मुख्यतः चलचित्रबाटै अभिनय प्रारम्भ गरेका र नाटकघर हुँदै चलचित्रमा अभिनय गरिरहेका अभिनेता वा अभिनेत्री पात्रलाई खोज्ने र पर्दामा प्रस्तुत गर्ने शैली भिन्न रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्