मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व


काठमाडौँ, २४ असोज । कात्तिक १० देखि १९ गतेसम्म भारतमा आयोजना हुने ‘मुम्बई चलचित्र महोत्सव २०२३’ मा नेपाली चलचित्रको वर्चस्व देखिएको छ । सोमबार बेलुकी सार्वजनिक तालिकामा नेपाली निर्माता तथा निर्देशकको संलग्नता रहेका ती चलचित्रहरू देखिएका हुन् । चलचित्र ‘गाउँ आएको बाटो’ महोत्सवमा छानिएको छ । सो चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन । चलचित्र महोत्सवमा ‘साउथ एसिया प्रिमियर’ हुनेछ ।

उनले भने, ‘यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ ।’ राई जातिको सामाजिक पृष्ठभूमिमा तयार पारिएको उक्त चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई दर्शाउने कोसिस गरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन ।

यस्तै सोही महोत्सवमा ‘द रेड सुटकेस’ र ‘गुराँस’ भने ‘साउथ एसिया कम्पिटिसन’अन्तर्गतको प्रतिस्पर्धामा रहेको छ । यसैगरी दिवा शाहले निर्देशन गरेको नेपाल र भारतको सहकार्यमा निर्माण भएको ‘बहादुर ः द ब्रेभ’ समेत प्रतिस्पर्धामा छ । सौरभ राईले निर्देशन गरेको चलचित्र ‘गुराँस’ मा हराएको कुकुरको खोजीमा निस्किएकी दस वर्षीया बालिकाको आँखाबाट खसेको आँसुको कथा प्रस्तुत गरिएको छ । निर्देशक राईकै लेखनमा तयार भएको चलचित्रमा तुलसी खवासले ‘गुराँस’ मा शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछाने पिताको भूमिकामा छन ।

यस्तै छोटो चलचित्रको विधामा विदुषी गिरीको ‘चिसो घर’, आयारुस पौडेलको ‘हेलेना’ र ‘विन्डहर्स’ पनि प्रतिस्पर्धामा रहेको छ । उल्लिखित तीनै छोटा चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (वल्र्ड प्रिमियर) हुनेछ । नेपाली चलचित्र पछिल्लो समय विश्वका विभिन्न प्रसिद्ध महोत्सवमा छनोट भइरहेका छन् । ठूलो लगानी र मौलिक कथा छनोट गरिने त्यस्ता महोत्सवमार्फत नेपाली चलचित्र निर्माणको लगानीमा समेत सहयोग मिलेको छ । महोत्सवमार्फत नेपाली चलचित्रको बजार अन्तर्राष्ट्रियकरण हुन सकेको छ भने यसले नयाँ विषयलाई उठान समेत गर्दै आएकोे छ ।

यसैगरी, ‘बुलबुल’ होस् या ‘चिसो मान्छे’, जसमा अभिनेत्री स्वस्तिमा खड्काले निर्वाह गरेको चरित्रमा ठूलो विविधता भेटिन्छ । र, उनले चरित्र निर्माणमा गरेको मिहिनेत देखिन्छ । यसैले त उनले ‘भर्सटायल अभिनेत्री’को पहिचान बनाएकी छन् । जुनसुकै चरित्रमा चुनौती लिन सक्ने उनी एकपटक फेरि फिल्म ‘पशुपति प्रसाद २ ः भष्मे डन’मा भिन्न चरित्रमा देखिँदैछिन् । यसमा उनी दुर्गा माता बनेकी छन् ।

संयोग चाहिँ के जुरेको छ भने यो फिल्म दशैं अर्थात् फूलपाती (कात्तिक ४ गते)बाट प्रदर्शनमा आउँदैछ । दशैंमा दुर्गा माताकै पूजा गरिन्छ । र, फिल्ममा स्वस्तिमा दुर्गा बनेकी छन् । उनी आफ्नो लागि यो रोचक अनुभूति मान्छिन् । छायांकनको बेला पशुपतिनाथ दर्शन गर्न आएका धेरै भारतीयहरुले ‘माता’ भन्दै उनको खुट्टामा पैसा समेत चढाएका थिए । जुन उनका लागि नयाँ अनुभव थियो ।

सोमबार ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भनिन्, ‘दशैंमा म दुर्गा बनेर आउँदै रहेछु । मेरो लागि यो आफैंमा सुखद् अनुभूति हो । र, यो चरित्र गर्नु मेरो लागि नयाँ अनुभव थियो । छायांकनको बेला जब म दुर्गाको गेटअपमा हुन्थेँ, त्यसबेला पशुपतिनाथको दर्शन गर्न आउने भारतीयहरुले ‘माता’ भन्दै खुट्टा ढोग्न आउनुहुन्थ्यो । र, पैसा चढाउनुहुन्थ्यो । मेरो लागि यो एकदमै नयाँ अनुभव थियो ।’

अभिनेत्रीका लागि भनेर ‘एक्सपेरिमेन्ट’ खालको रोल कम लेखिने उनको बुझाई छ । उनी भन्छिन्, ‘विशेषगरी हामी अभिनेत्रीहरुका लागि ‘एक्सपेरिमेन्ट’ गरेर वा फरक आयामबाट एकदमै कम रोलहरु लेखिन्छ । मलाई के लाग्छ भने कलाकारभन्दा पनि लेखनमा ‘भर्सटालिटी’ हुनुपर्छ ।’ आफूले ‘एक्सपेरिमेन्ट’वाला रोल दीपेन्द्र के. खनाल (निर्देशक)सँग गर्न पाएकोमा उनी खुसी व्यक्त गर्छिन् ।

‘मैले एक्सपेरिमेन्ट खालको रोल निर्देशकमा दीपेन्द्र दाईसँग गरेको छु । ‘भष्मे डन’मा मैले दुर्गा माताको क्यारेक्टर निर्वाह गरेको छु । यो क्यारेक्टर मेरो लागि चुनौतीपूर्ण नै थियो । फिल्म हेरिसकेपछि कति न्याय गरेछु भन्ने निर्कौल होला । तर, मैले यो क्यारेक्टरमा जति गर्न सकेँ, त्यसको क्रेडिट निर्देशकलाई जान्छ,’ उनले भनिन् । उनी यो फिल्म आफ्नो लागि एकदमै विशेष रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्