काठमाडौँ, २० चैत । सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले तेस्रो जित हात पारेको छ । लिगको पुछारमा रहेको श्री कुमारी क्लबलाई मंगलवार २–० ले हराउँदै श्री भगवती १० अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ ।
एन्फा कम्प्लेक्समा भएको खेलको १४ औं मिनेटमा नै श्री भगवतीले अग्रता बनायो । डिफेन्सिभ इररमा सुलेमान थापा मगरले गोल गरे। पहिलो हाफ १–० को नतिजामा सकियो । दोस्रो हाफमा पनि श्री कुमारी खेलमा फर्कन सकेन ।
दिवस छन्त्यालको असिस्टमा अमित लामाले बक्सभित्रबाट गोल गरे । यसपछि थप गोल भएन् । श्री भगवती २–० को जित निकाल्न सफल रहयो । ४ खेलमा ३ जित र १ बराबरीको नतिजामा श्री भगवती शीर्षस्थानमा उक्लियो ।
३ खेलमा प्लानिङ ब्वाइजसँग ९ अंक रहेको छ । अंक विहिन श्री कुमारीको यो लगातार चौथौ हार हो ।
प्रतिक्रिया दिनुहोस्