नुवाकोट, २३ भदौ । बाढीबाट प्रभावित नुवाकोटका नागरिकका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर्सहरूले राहत सामग्री सहयोग गरेका छन् । कम्पनीका विभिन्न शाखामा आबद्ध लिडर्स तथा सहयोगीहरूबाट संकलित खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्री प्रभावित क्षेत्रमा पु¥याइएको हो ।
राहत अभियानअन्तर्गत पहिलो चरणमा भदौ १३ गते संकलित सामग्री विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसपछि भदौ १९ गते बाढीबाट प्रत्यक्ष प्रभावित बेत्रावती (स्वारा) क्षेत्रमा स्थापना गरिएको अस्थायी बस्तीमा समेत राहत सामग्री पु¥याइएको अभियानमा सहभागीहरूले बताएका छन् ।
राहत अभियानको समग्र समन्वय सिटिजन लाइफको बालाजु क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद सापकोटाले गर्नुभएको थियो । अभियानमा सरोज लो लगायत सिटिजन लाइफका स्टार एजेन्सी म्यानेजर गीता रायमाझी, सिनियर एजेन्सी म्यानेजर सुरेशबाबु जमरकट्टेल, सिनियर एजेन्सी म्यानेजर निरु अधिकारी, एजेन्सी म्यानेजर शुसिलकुमार बस्नेत, दुर्गा ढकाल खड्का, जया श्रेष्ठ, उमा देउजा र उमा थापासहित विभिन्न शाखाका ८० भन्दा बढी लिडर्सको सक्रिय सहभागिता रहेको थियो ।
जोखिमपूर्ण सडक तथा कठिन भौगोलिक अवस्थाका बाबजुद राहत सामग्री नुवाकोटका विभिन्न होल्डिङ सेन्टरसम्म पु¥याइएको थियो । राहत वितरणमा हरि अधिकारी, उमा देउजा, वीरबहादुर तामाङ, विष्णु गुरुङ र दिलकुमार कोजुले सहयोग गर्नुभएको थियो ।
अभियानको समन्वय तथा व्यवस्थापनमा स्वयम्भु शाखा प्रमुख कल्पना कार्की भण्डारी, जरङ्खु शाखा प्रमुख विपुल पाण्डे, महाराजगञ्ज शाखा प्रमुख दीपक पोखरेल, टोखा शाखा प्रमुख राजकुमार न्यौपाने, बालाजु शाखा प्रमुख मनिषा तामाङ र नुवाकोट शाखा प्रमुख कविता श्रेष्ठले भूमिका निर्वाह गर्नुभएको थियो ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानले सिटिजन लाइफका लिडर्सहरूको सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय प्रतिबद्धतालाई उजागर गरेको सहभागीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्