काठमाडौं, २० कात्तिक । साविक विजेता जनकपुर बोल्ट्सले कलाकार निखिल उप्रतीलाई नेपाल प्रिमियर लिग (एनपिएल ) सिजन २ का लागि आफ्नो ‘गुडविल एम्बासडर’ बनाएको छ । यो साझेदारीले खेल, कला र प्रेरणाको शक्तिलाई एकै ठाउँमा जोड्दै जनकपुर बोल्ट्सको ब्रान्ड र पहिचानलाई अझ सशक्त बनाउने विश्वास टोलीले व्यक्त गरेको छ ।
चन्द्रागिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउदै जनकपुर बोल्ट्सले निखिललाई ‘गुडविल एम्बासडर’ बनाएको घोषणा गरेको थियो । उनको यो प्रदर्शनले टोलीको नारा ‘बिल्ट फर भिक्ट्री‘ लाई नयाँ उचाइमा पु¥याएको जनकपुरले जनाएको छ । उप्रेतीले भने, ‘जनकपुर बोल्ट्स केवल एउटा टोली होइन, यो जनकपुर र सम्पूर्ण मधेशको गौरव हो । यस टोलीसँग जोडिन पाउनु मेरो लागि सम्मानको विषय हो । विजयको आत्मा हरेक नेपालीमा बसोबास गर्छ, र म त्यो आत्मालाई जनकपुर बोल्ट्ससँग मिलेर जगाउन चाहन्छु ।’
जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडाले भने, ‘निखिल उप्रेती नेपाली युवाहरूका लागि साहस र दृढताको प्रतीक हुन् । उनको देशप्रेम, अनुशासन र सकारात्मक ऊर्जा हाम्रो टोलीको मूल्य र दर्शनसँग मेल खान्छ । हामी उहाँलाई हाम्रो गुडविल एम्बासडर रूपमा स्वागत गर्न गर्व महसुस गर्छौं ।’ यो साझेदारीले जनकपुर बोल्ट्सलाई केवल खेल मैदानमा होइन, समाजमा प्रेरणाको स्रोतका रूपमा पनि अघि बढाउने अपेक्षा गरिएको छ ।
ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले एनपीएलका लागि तिव्र बनाइरहेको छ । वेस्ट इन्डिजका पूर्व खेलाडी शिवनारायण चन्द्रपालको प्रशिक्षणमा उत्रिने जनकपुरले विदेशी खेलाडीमा वायने पार्नेल, श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्थालाइ टोलीमा अनुबन्ध गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्