असोज २५ गते एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

 

भक्तपुर, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी एमालेले असोज २५ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा बिहीबार गुण्डुमा आयोजित कार्यक्रममा शक्ति प्रदर्शन गर्ने तयारीकोबारेमा जानकारी दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभएको छ ।

एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा बिहीबार गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरूको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताउनुभयो ।

“यतिबेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको छ । लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्छ’’, उहाँले भन्नुभयो, “सरकारले यसका लागि सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्छ ।’’

प्रतिक्रिया दिनुहोस्