काठमाडौँ, २० असार । द लिटिल शाइनिङ स्टार – सिजन १’ को फिनाले सम्पन्न भएको छ । क्लासिक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा आयोजना गरिएको बाल प्रतिभा प्रतियोगिता ‘द लिटिल शाइनिङ स्टार – सिजन १’ को फिनाले कार्यक्रम बुधबार राजधानीको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाको कला, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न उमेर समूहका बालप्रतिभाहरूले आकर्षक प्रस्तुति दिएका थिए।
प्रतियोगिताको मुख्य उपाधि किड्स क्याटेगोरीमा अभिक भट्ट ९बालक० र सौनन्ध्या बराल (बालिका), जुनियर क्याटेगोरीमा अल्फान भट्टराई ९बालक० र सान्भी महर्जन (बालिका), र सिनियर क्याटेगोरीमा निमोन श्रेष्ठ (बालक) र पल्लवी बस्नेत (बालिका) विजेता घोषित भए। उनीहरूलाई ‘द लिटिल शाइनिङ स्टार ‘ को उपाधि प्रदान गरिएको थियो।
प्रतियोगितामा सहभागी सबै बालप्रतिभाहरूलाई विभिन्न सबटाइटल अवार्डहरू पनि प्रदान गरियो। सौनन्ध्या बरालले ‘बेस्ट स्माइल’, अभिक भट्टले ‘मोस्ट इन्टेलेक्चुअल’, शरन्या प्याकुरेलले ‘बेस्ट पर्सनालिटी’, अल्फान भट्टराईले ‘मोस्ट एक्टिभ’, डिचेन शेर्पाले ‘मोस्ट कन्फिडेन्ट’, शास्वत पाण्डेले ‘मोस्ट एक्सप्रेसिभ’, कुंगा पाल्मु शेर्पाले ‘मोस्ट ट्यालेन्टेड’, यश्विन पाण्डेले ‘मोस्ट कन्फिडेन्ट’, सान्भी महर्जनले ‘बेस्ट वाक’, समन राईले ‘मोस्ट स्टाइलिस’, आराध्या पौडेलले ‘मोस्ट कन्फिडेन्ट’, अम्शु राईले ‘बेस्ट स्पीच’, प्रज्वल गौतमले ‘मोस्ट डिसिप्लिन’ लगायत विभिन्न उपाधि प्राप्त गरे।
त्यस्तै, प्रनिल दुलाल र पल्लवी बस्नेतले ‘भ्युअर्स च्वाइस अवार्ड’ जित्न सफल भएका छन् भने पल्लवीले ‘मोस्ट एलेगेन्ट’ र ‘मोस्ट पपुलर’ उपाधिसमेत हात पारेकी छन्।
कार्यक्रमका प्रमुख निर्णायक अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दिपक घिमिरे थिए भने अन्य निर्णायकहरूमा चलचित्र निर्माता तथा अभिनेत्री सबिता रेग्मी, मोडल तथा अभिनेत्री सुस्मिता श्रेष्ठ र मिसेस भोग तथा टुरिजम क्विन इन्टरनेशनल सुमी मल्ल रहेका थिए।
प्रतियोगिता दिपा थानीको आयोजना र कोरियोग्राफर लभिन अन्सारी तथा सहायक कोरियोग्राफर रानी खरेलको निर्देशनमा सम्पन्न भएको हो। आयोजक संस्थाका अनुसार, यस प्रतियोगिताले प्रतिभावान बालबालिकाहरूलाई आफ्नो क्षमता प्रस्तुत गर्ने प्लेटफर्म दिएको छ भने उनीहरूको आत्मविश्वास र व्यक्तित्व विकासमा पनि सघाउ पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस्