पाल्पा, १४ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दलले केही गरेनन् भन्नेलाई विगत र वर्तमानको विश्लेषण गर्नुपर्ने बताए । रामपुर सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाको आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उट्घाटन गर्दै उनले वर्तमान व्यवस्था र राजनैतिक दलले केही गरेन भन्ने भाष्यनिर्माण भइरहेको प्रतिलक्षित गर्दै उनले विगत र वर्तमान अवस्थाको विश्लेषण गर्न आग्रह गरेका छन ।
उनले सङ्घीयता कार्यान्वयन भएपछि विकास निर्माणलाई तीव्रतादिइएको बताएका छन । २०७४ पछि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले विकास निर्माणलाई तीव्रतादिएको उल्लेख गरे ।
उनले भने, “उत्तर दक्षिण जोड्ने सडक कालीगण्डकी करिडोरले रामपुरको मात्र होइन सिङ्गो लुम्बिनी प्रदेशको भविष्य निर्माण गरेको छ ।” रामपुर अस्पताल, रामपुर कपुरकोट सडक, रामपुरफाँट सिँचाइ आयोजनाका कामलाई क्रमशः अघि बढाउने उनले बताए । फरक विचार र आस्था भएपनि विकासको निम्ति एउटै पार्टी बन्न उनले आग्रह गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एवं नेकपा (एमाले)का संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले राजनैतिक स्थायित्वका लागि गठन भएको नेपाली कांग्रेस र एमालेको सरकार हल्लाको भरमा नढल्ने बताए ।
लुम्बिनी प्रदेश अर्थ, उद्योग तथापर्यटन समितिका सभापति एवं रामपुर साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठले बढ्दो शहरको रूपमा रहेको रामपुरको खाने पानी आपूर्तिको लागि सङ्घीय सरकार खाने पानी मन्त्रालय, खाने पानी तथा ढल निकास विभागबाट सहलगानीमा सात हजार धारा सङ्ख्या पु¥याउने गरी रु ६२ करोड ७६ लाख ८९ हजार १८४ को कुल लगातमा आयोजना २०८२÷८३ भित्र कार्यान्वयनमा लैजाने निर्णय गरिएको जानकारी दिए ।
रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले रामपुर साना शहरी खाने पानी अहिले भूमिगत पानीमा निर्भर रहेको बताएका छन । काली गण्डकी डाइभर्सनले कालीगण्डकी सभ्यता, वातावरणसँगै यहाँका खाने पानीका स्रोतमा प्रत्यक्ष असर पुग्ने भएकाले डाइभर्सन जुनसुकै हालतमा रोक्नु आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्