काठमाडौँ, २९ कात्तिक । ‘मरक मरक मर्काउँछे कम्मर’ बोलको गीतको भिडियो निर्देशन गरेर म्युजिक भिडियो निर्देशन यात्रा सुरु गरेका निरेन श्रेष्ठ यही तिहारको अवसर पारेर ‘भैलेनी देउसिरे’ बोलको गायिका रेश्मा सुनुवारको गीतको भिडियाले चर्चा बटुली रहेको हप्तादिन बित्न नपाउदै अर्को नयाँ गीत ‘पिरतीले बाँधेर’ सार्वजनिक भएसंगै थप चर्चामा रहन सफल भएका छन् ।
लोकदोहोरी, आधुनिक, पप, राष्ट्रिय भाव, भजन गरेर ५०० भन्दा बढी गीतको भिडियो निर्देशन गरिसकेका निरेन श्रेष्ठ आशालाग्दा म्युजिक भिडियो निर्देशकको रुपमा चिनिएका छन् । आज भोलि ब्यस्त निर्देशकको पहिचान बनाउन सफल भएका श्रेष्ठ २०५१ सालमा काठमाडौंको बुढानिलकण्ठमा जन्मिएका हुन् ।
डेढशक भन्दा बढी समय देखि कला क्षेत्रमा सक्रिय रहदै आईरहेका निरेन पछिल्लो समय नयाँ नयाँ म्युजिक भिडियोको सुटिङ र इडिटिङमा ब्यस्त हुने गरेका छन् ।
सबै दर्शकहरुको आफ्नो, आफ्नै रोजाई हुन्छ । तर अहिलेको समयमा हेर्ने हो भने माया प्रेम र बियोगान्त भिडियोमा दर्शकहरु अलि बढि आकर्षित हुने गरेका बताउने निरेन भिडियो निर्माणमा बिशेष ध्यान दिनुपर्ने कुरा भनेकै कथा बस्तुमा हो । त्यस पछि भनेको त्यो कथावस्तुलाई सुहाउने कलाकार, लोकेशन अनि अरु कुराहरुमा पनि ध्यान दिनु पर्ने बताउछन् ।
निर्देशनको जिम्मेवारीसंगै निर्माताको लगानी सुरक्षित गर्नुपनि निर्देशककै दायित्व हुन आउछ । नयाँ प्रबिधि भित्रिनुका साथै भिडियो निर्माणमा लगानी बढेको छ । लगानि बड्नुमा दुई कारण छ एउटा नयाँ नयाँ टेक्नोलोजिहरु आएर हो ।
पहिला हामि यचडिमा काम गर्थेउ भने अहिले हामि फोकेमा गर्छौ किन कि अहिले क्यामराहरु पनि हाई क्वालेटिको छ यो त ठिकै हो अर्को कुरा भनेको भाइरलहरुलाई जस्ले राख्छ उसको भिडियोको लगानि बड्छ किन कि उनिहरुले आफ्नो मनलागि पारिश्रमिक लिने हुँदा यसतर्फ पनि सतर्क रहनु पर्ने उनको बुझाईछ ।
उनि भन्छन्ः चलेकाले निर्माताको मर्म बुजेको हुदैन यदि पेसगत कलाकारहरुलाई लिएर भिडियो निर्माण गर्ने हो भने उहाँहरुले चाही यस क्षेत्रलाई राम्रोसंग बुझेको हुन्छ
। त्यसैले मैले प्राय कलाकार राख्दा भाईरल भन्दा पनि यस क्षेत्रलाई नजिकबाट बुझेको जानेको कलाकारहरु राख्ने गरेका कारण निर्माणमा कमखर्च हुने गर्छ जसले लगानीकर्तालाई सुक्षित गराउन मद्दत पुग्नेछ भन्ने मलाई लाग्छ ।
प्रतिक्रिया दिनुहोस्