भदौदेखि सरेर माघमा पुग्यो ‘नम्बरी सुन’

Nambari Sun - नम्बरी सुन

काठमाडौँ । राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’को रिलिज सरेको छ । भदौ १ गते रिलिज हुने भनिएको यो फिल्म सरेर आगामी माघ १९ गते पुगेको छ ।

फिल्म युनिटले नयाँ मितिसहितको पोस्टर सार्वजनिक गर्दै फिल्म सरेको जानकारी दिएको हो ।

नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा गौरव पहाडी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।

सुवर्ण शिभान्स फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ। यो फिल्मको छायांकन लमजुङको भुजुंङ खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा गरिएको हो ।

दिव्य सुवेदीले छायांकन गरेको फिल्ममा गौतमराज खड्काको सम्पादन, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन छ ।

फिल्मलाई काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ।

प्रतिक्रिया दिनुहोस्