सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाटै

Sanima Bank

सानिमा बैंकले ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ ।

यो सुविधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टी (जमानत) को आवेदन दिन सक्नेछन् ।

त्यसपछी बैंक ग्यारेन्टी प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्नेछन् ।

उक्त सूचना प्राप्त गरेपछि सम्बन्धित व्यक्तिले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको बैंकको भनाइ छ ।

आवेदनमा कुनै समस्या भएमा कारणसहित इमेलमार्फत समयमै सूचना पठाइनेछ ।

यस प्रविधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।

बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरू र १२३ वटा एटिएम सञ्जालहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्