बिनिता गुरुङ बनिन् ‘मिसेस नेपाल वल्र्ड’

 

काठमाडौँ, १८ कात्तिक । नेपाल राष्ट्र बैंककी उपनिर्देशक बिनिता गुरुङले ‘मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधि जितेकी छन् । रिबन इन्टरटेनमेन्टको आयोजनामा शनिबार राति काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न प्रतियोगिताको छैटौँ संस्करणमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले मुख्य उपाधि आफ्नो नाममा पारेकी हुन् ।

खोटाङको दिक्तेल घर भएकी गुरुङले मुख्य उपाधिसँगै ‘बेस्ट पर्सनालिटी’ को उपाधिसमेत जितेकी छन् । विजेताका रूपमा उनले स्कुटर पुरस्कार प्राप्त गरेकी छन् । उपाधि जितेसँगै उनले अमेरिकामा आयोजना हुने विवाहित महिलाहरूको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वल्र्ड २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छन् ।

गुरुङलाई मिसेस वल्र्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न (स्यामी), अभिनेता राजेश हमाल, अभिनेत्री तथा निर्देशक रेखा थापा र मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्तलगायतले ताज तथा स्यासे प्रदान गरेका थिए ।
प्रतियोगितामा नेहा गुप्ता पहिलो उपविजेता घोषित भइन् । त्यस्तै, ज्योति लामिछाने दोस्रो र सगुन खनाल तेस्रो उपविजेता बने । सगुनले ‘बेस्ट फिजिक’ तथा नेहाले ‘म्यानेजमेन्ट च्वाइस’ विधाको उपाधिसमेत हात पारे ।

यसैगरी, शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल २०२६’, क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो २०२६’ र रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल २०२६’ को उपाधि जितिन् । यी तीनै विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । शिल्पा र रिचाले सिंगापुर तथा क्रिस्टिनाले म्यानमारमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीलाई उपाधिसमेत प्रदान गरिएको थियो ।

सन्ध्या लामा ‘मोस्ट इनर्जेटिक’, अञ्जु परियार ‘मोस्ट ट्यालेन्टेड’, दीप्ति ढुंगेल ‘हेल्दी स्किन’ र क्रिस्टिना ज्ञवाली ‘बेस्ट ¥याम्प वाक’ घोषित भए । त्यस्तै, शिल्पा न्यौपाने महर्जनले ‘बेस्ट हेयर’ को उपाधि जितिन् ।समारोहमा नेपाली चलचित्र क्षेत्रमा तीन दशकभन्दा लामो योगदान पु¥याएकी अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वल्र्ड २०२६’ को उपाधिबाट सम्मान गरिएको थियो ।

प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, मिसेस नेपाल वल्र्ड २०२४ की विजेता डा. डेलिना कार्की, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नेपाल प्रहरीकी पूर्वएआईजी मिरा चौधरी तथा सिप्रदी अटोपाट्र्सका उपाध्यक्ष युवराज बुढाथोकी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्