काठमाडौँ, १२ असोज । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका तथा मोडल रिया खत्रीले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘युके शहर’ सार्वजनिक गरेकी छन् । करिब तीन वर्षदेखि संगीत क्षेत्रमा सक्रिय रियाले शुक्रबार राजधानीमा आयोजित विशेष कार्यक्रमबीच ‘युके शहर’ सार्वजनिक गरेकी हुन् । प्रस्तुति सार्वजनिक भएसँगै उनको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ पुगेको छ ।
‘युके शहर’मा रिया खत्री र क्रिश क्षेत्रीको स्वर रहेको छ भने भिडियोमा उनीहरूकै मुख्य अभिनय देख्न सकिन्छ । तिलक ठकुरीको निर्देशनमा तयार भएको भिडियो लामो मेहनत, तयारी र प्रयासपछि सार्वजनिक गरिएको रियाले बताएकी छन् ।
रियाले ‘युके शहर’लाई आफ्नो सांगीतिक यात्राको अर्को चरणका रूपमा लिएकी छन् । उनका अनुसार यो प्रस्तुति नेपालमा रहेका दर्शक तथा श्रोतासँगै विदेशमा बसोबास गर्ने नेपाली समुदायलाई समेत ध्यानमा राखेर तयार गरिएको हो । विशेषगरी नेपालबाहिर रहेका करिब ८० लाख नेपालीसम्म नेपाली गीत–संगीतमार्फत पुग्ने उद्देश्यले प्रस्तुति तयार गरिएको उनको भनाइ छ ।
विदेशमा रहेका नेपाली समुदायसँग प्रत्यक्ष जोडिँदै आएको अनुभवलाई पनि ‘युके शहर’ निर्माणको आधारका रूपमा रियाले लिएकी छन् । उनले यसअघि मलेसिया, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र भारतलगायतका मुलुकमा सांगीतिक प्रस्तुति दिइसकेको विवरण सार्वजनिक भएको छ । विदेशमा रहेका नेपाली समुदायसँगको भेटघाटका क्रममा नेपाली गीत तथा संगीतप्रति देखिएको अपनत्वलाई नजिकबाट अनुभव गरेको उनको भनाइ छ ।
रियाले करिब तीन वर्षको सांगीतिक यात्रामा आफ्नै तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छन् । यस अवधिमा उनले विभिन्न गीतमा स्वर दिनुका साथै प्रत्यक्ष दोहोरी कार्यक्रममा समेत सहभागिता जनाउँदै आएकी छन् । गायनसँगै मोडलिङमा सक्रिय उनले विभिन्न सांगीतिक भिडियो तथा प्रस्तुतिमा अभिनयसमेत गरेकी छन् ।
डिजिटल माध्यमलाई समेत सांगीतिक यात्राको महत्वपूर्ण माध्यम बनाउँदै आएकी रियाले नयाँ पुस्ताका दर्शक तथा श्रोतासम्म आफ्ना सिर्जना पु¥याउन ‘युके शहर’लाई डिजिटल माध्यमबाट सार्वजनिक गरेकी हुन् । सार्वजनिक प्रस्तुतिमार्फत नेपालमा रहेका दर्शकसँगै विभिन्न मुलुकमा रहेका नेपाली समुदायलाई जोड्ने उनको प्रयास रहेको छ ।
‘युके शहर’ सार्वजनिक गर्दै रियाले दर्शक तथा श्रोतासँग प्रस्तुति हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन् । आफूले लामो समयको मेहनतपछि तयार पारेको प्रस्तुतिलाई दर्शकले मन पराए साथीभाइ, परिवार तथा आफन्तसम्म पु¥याइदिन उनले आग्रह गरेकी छन् ।
रियाका लागि ‘युके शहर’ नयाँ गीत सार्वजनिक गर्ने नियमित गतिविधिभन्दा आफ्नो सांगीतिक यात्रालाई थप फराकिलो बनाउने अवसरका रूपमा आएको छ । नेपालबाहिर रहेका नेपालीसँग संगीतमार्फत जोडिने उद्देश्यसहित तयार गरिएको यो प्रस्तुति अहिले डिजिटल माध्यमबाट सार्वजनिक भइसकेको छ ।
‘युके शहर’ रिया खत्रीको आधिकारिक युट्युब च्यानलमा उपलब्ध छ । गीतमा रिया र क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको छ भने तिलक ठकुरीले भिडियो निर्देशन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्