तेस्रो राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड – २०८३ भव्य रुपमा सम्पन्न

काठमाडौँ, ३१ भदौ । ओप्सना फिल्म्सको आयोजनामा आइतबार तेस्रो ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड–२०८३’ भव्य रुपमा सम्पन्न भएको छ । आयोजक संस्थाका निर्देशक ओम प्रकाश राईको सभापतित्व एवं विशिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यमा चाबहिलस्थित चलचित्र विकाश बोर्डको सभा हलमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।

‘सङ्गीत नै हो हाम्रो नाम, सङ्गीत नै हो हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ विगत ३ वर्ष अघिदेखि आयोजना हुँदै आईरहेको ‘राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड’ मा पब्लिक च्वाइस समेत गरी गीत–सङ्गीत एवं चलचित्र क्षेत्रका कूल २४ विधाका सर्जक÷कलाकारहरुलाई अवार्ड वितरण गरिएको थियो ।

समारोहमा विशिष्ट गायक दीपक खरेल र वरिष्ठ गीतकार वुद्धवीर लामा ‘जीवन साधना सम्मान’ बाट एवं वरिष्ठ गायक आनन्द कार्की र प्रदीपराज पाण्डे ‘विशिष्ट गायन रत्न सम्मान’बाट सम्मानित भएका थिए भने गीत–सङ्गीत एवं चलचित्र क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने अन्य १२ जना सर्जक एवं कलाकारहरुलाई पनि विभिन्न शीर्षकमा सम्मान गरिएको थियो ।

समारोहमा अवार्ड जुरी सदस्यका रुपमा सङ्गीतकार राजु सिंह, सङ्गीतकार÷सङ्गीत संयोजक अशोक लोहोरुङ राई, चलचित्र निर्देशक÷कलाकार उदय सुब्बा र हास्य कलाकार दिवाकर भण्डारी रहेको कुरा जानकारी गराईएको थियो । कार्यक्रम सेसेमी लिम्बूले सञ्चालन गरेकी थिईन् भने अतिथिहरुको स्वागत अवार्ड कमिटीकी प्रमुख संयोजक पेमा शेर्पा राईले गरेकी थिईन् ।

समारोहमा जुरी सदस्यहरुका साथै वरिष्ठ चलचित्र निर्देशक सागर सुब्बा, वरिष्ठ सर्जक÷कलाकार हस्त लिबाङ, गीतकार डी. आर., सङ्गीत उद्योग सङ्घका अध्यक्ष सूर्य बहादुर मगर, सञ्चारकर्मीहरु माधवराज खरेल, तुलसी गिरी ‘भावुक’ आदि अतिथिका रुपमा उपस्थित रह्नु भएको थियो ।

कार्यक्रमलाई नेपाल टेलिकम, फाइन्ड नेपाली डटकम, एभ्रीथिङ अन नेपाल, नेपाल बैंक, कृषि विकास बैंक, ज्ञानोदय बालबाटिका आवासीय मा.वि., एसवाई कन्सल्टेन्ट्स लगायतले प्रायोजन गरेका थिए । सपोर्टर संस्थाहरुमा बुन्चट कलेक्शन र सेवा रेकर्डिङ रहेका थिए । यसैगरी इन्टरनेट पार्टनरमा डिस होम रहेको थियो भने रमाइलो टेलिभिजन र गुञ्जन टेलिभिजनले कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गरेका थिए ।

सम्मानित व्यक्ति र विधाः सङ्गीत जीवन साधना सम्मान ः दीपक खरेल, सङ्गीत जीवन साधना सम्मान ः वुद्धवीर लामा, विशिष्ट गायन रत्न सम्मान ः आनन्द कार्की, विशिष्ट गायन रत्न सम्मान ः प्रदीपराज पाण्डे, विशिष्ट चलचित्रकर्मी सम्मान ः निखिल उप्रेती, विशिष्ट चलचित्रकर्मी सम्मान ः सन्चिता लुइँटेल, विशिष्ट चलचित्रकर्मी सम्मान ः पूजना प्रधान गुरुङ, गायक तथा संगीतकार सम्मान ः अशोक मुकारुङ, चलचित्रकर्मी सम्मान ः किशोर झा, गायक सम्मान ः

पुष्कर सुनुवार, गायक तथा संगीतकार सम्मान ः चित्र आठपहरिया, ट्याटु कलाकार सम्मान ः सुनिता कुँवर, सम्मान ः प्रशान्त पाराङदेन लिम्बू, सम्मान ः कविता राई, निर्माता सम्मान ः श्रीकृष्ण बिष्ट, गायक सम्मान ः निमा शेर्पा रहेका थिए ।

त्यसैगरी, अवार्ड पाउनेहरुमा सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत – यो देशले तिम्रो, सर्वोत्कृष्ट भजन गायक – मोतिराज खनाल, सर्वोत्कृष्ट गीतकार – चन्द्र जयपाल राई, सर्वोत्कृष्ट पप गायिका – तपस्या राई , सर्वोत्कृष्ट पुरुष मोडेल – ज्ञानदिप सुवेदी, सर्वोत्कृष्ट लोक गायक – सोम गुरुङ, सर्वोत्कृष्ट सङ्गीतकार – सुरेश राई, सर्वोत्कृष्ट म्युजिक भिडिओ निर्देशक – किशोर सुब्बा, सर्वोत्कृष्ट आधुनिक गायक – मेघराज रानोहन्छा, सर्वोत्कृष्ट लोक आधुनिक गायिका – सुनिता राई,

सर्वोत्कृष्ट युगल गायिका – मेनुका राई, सर्वोत्कृष्ट आधुनिक गीतकार – कुमार केरुङ, सर्वोत्कृष्ट लिम्बू पालाम गायक – भीमकुमार तुम्बापो, सर्वोत्कृष्ट भिडिओ सम्पादक – मोहन सुनुवार, सर्वोत्कृष्ट लोक पूर्वेली गायिका – सुमी चाम्लिङ राई, तीज गीत – स्वेता कार्की, लोक युगल निर्देशक – शिवजी क्षेत्री, वर्षका उत्कृष्ट चलचित्र निर्देशक – हस्त बहादुर लिबाङ (लिम्बू), जनमत (पब्लिक च्वाइस) अवार्ड पाउनेहरुमा सर्वोत्कृष्ट युगल गायक ः बबिना किराँती र सुमन राई, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीत ः टेक तामाङ, सर्वोत्कृष्ट गीतकार ः मीरा देवी राई, सर्वोत्कृष्ट पप गायिका ः सरगम राई, सर्वोत्कृष्ट लोक गायक ः रामचन्द्र चन्द, सर्वोत्कृष्ट भिडिओ निर्देशक ः कुबेर तामाङ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्