रिबाकिनाको दबदबा ः एकै वर्ष दुई ग्रान्डस्लाम उपाधि

काठमाडौँ, ३० भदौ । एलिना रिबाकिनाले वर्षको अन्तिम ग्रान्डस्लाम अमेरिकी ओपनको महिला एकल उपाधि जित्दै आफ्नो करियरलाई अर्को महत्वपूर्ण उपलब्धिसँग जोडेकी छन । आइतबार भएको रोमाञ्चक फाइनलमा रिबाकिनाले विश्व नम्बर एक एरिना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै पहिलोपटक अमेरिकी ओपनको उपाधि उचालेको हो ।

न्युयोर्कमा भएको फाइनलमा रिबाकिनाले साबालेन्कामाथि ६–४, ५–७, ६–२ को जितिन । सुरुवाती सेटमा प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएकी रिबाकिनालाई दोस्रो सेटमा साबालेन्काले कडा चुनौती दिइन । साबालेन्काले दोस्रो सेट ७–५ ले आफ्नो पक्षमा पार्दै खेललाई निर्णायक सेटसम्म पु¥याइन ।

तर निर्णायक सेटमा रिबाकिनाले आफ्नो खेललाई पुनः नियन्त्रणमा लिइन । उनले साबालेन्कालाई दबाबमा राख्दै ६–२ ले तेस्रो सेट जितिन र अमेरिकी ओपनको उपाधि आफ्नो नाममा गर्न सफल भइन । तीन सेटसम्म चलेको फाइनलमा दुवै खेलाडीबीचको प्रतिस्पर्धाले दर्शकलाई लामो समयसम्म बाँधेर राखेको थियो ।

अमेरिकी ओपनको उपाधिसँगै रिबाकिनाले ५५ लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरिन । उपविजेता साबालेन्काले भने २८ लाख अमेरिकी डलरमा चित्त बुझाइन ।
यो रिबाकिनाको पहिलो अमेरिकी ओपन उपाधि हो । तर समग्र ग्रान्डस्लाम यात्रामा भने उनले यससँगै तेस्रो ठूलो उपाधि हात पारेको छ । यसअघि रिबाकिनाले सन् २०२२ मा विम्बल्डन जितेर आफ्नो पहिलो ग्रान्डस्लाम उपाधि हासिल गरेको थियो ।

यस वर्ष भने रिबाकिनाका लागि ग्रान्डस्लाम प्रतियोगितामा विशेष रह्यो । वर्षको सुरुआतमै उनले अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन । त्यसको फाइनलमा पनि उनले साबालेन्कालाई नै पराजित गरेको थियो । यसरी एउटै वर्षका दुई फरक ग्रान्डस्लामको फाइनलमा साबालेन्कालाई हराउँदै रिबाकिनाले आफू र बेलारुसकी खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

रुसमा जन्मिएकी रिबाकिना हाल काजखस्तानको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय टेनिस खेल्दै आएको छ । सन् २०२२ को विम्बल्डनबाट ग्रान्डस्लाम उपाधिको खाता खोलेकी उनले त्यसपछि विश्व महिला टेनिसमा आफ्नो स्थान अझ बलियो बनाउँदै लगेको छ ।

अमेरिकी ओपन जितेसँगै रिबाकिना अब करियर ग्रान्डस्लाम पूरा गर्ने संघारमा पुगेको छ । उनले अस्ट्रेलियन ओपन, विम्बल्डन र अमेरिकी ओपन जितिसकेको छ । अब फ्रेञ्च ओपनको उपाधि जित्न सके उनी चारवटै ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीमा समावेश हुनेछ ।

रिबाकिनाका लागि फ्रेञ्च ओपनको उपाधि भने अहिलेसम्म चुनौतीकै रूपमा रहेको छ । क्लेकोर्टमा खेलिने फ्रेञ्च ओपनमा सफलता हात पार्न सके उनको ग्रान्डस्लाम यात्रा अझ पूर्ण हुनेछ । त्यसैले अमेरिकी ओपनको सफलता उनका लागि एउटा उपाधि जित्नु मात्र नभई टेनिसको प्रतिष्ठित उपलब्धितर्फ अर्को ठूलो कदमका रूपमा समेत हेरिएको छ ।

एकै वर्ष अस्ट्रेलियन ओपन र अमेरिकी ओपन जित्नुले रिबाकिनाको निरन्तरता र ठूला प्रतियोगितामा दबाब सम्हाल्ने क्षमतालाई पनि देखाएको छ । विशेषगरी फाइनलमा एउटै प्रतिद्वन्द्वी साबालेन्कालाई दुईपटक हराउनुले उनको आत्मविश्वासलाई थप उचाइ दिएको छ ।

अमेरिकी ओपनको उपाधिसँगै रिबाकिनाको ग्रान्डस्लाम यात्रा अब नयाँ लक्ष्यतर्फ अघि बढेको छ । आगामी दिनमा उनको सबैभन्दा ठूलो लक्ष्य फ्रेञ्च ओपन जितेर करियर ग्रान्डस्लाम पूरा गर्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्