ब्रसेल्स, १३ कात्तिक (रासस÷एएफपी)ःयुरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गर्नुभएको छ।
युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि यो आह्वान आएको हो।
“यो युक्रेनका नागरिकहरूमाथि रुसी आक्रमणको अर्को क्रूर र विनाशकारी श्रृङ्खला हो,” कोस्टाले सामाजिक सञ्जालमा लेख्नुभएको छ।
उहाले भन्नुभयो, “युरोपेली संघले जबसम्म न्यायपूर्ण र दिगो शान्ति हासिल हुँदैन रुसमाथि दबाब बढाउन र युक्रेनलाई सहयोग गर्न जारी राख्नेछ । हामी हाम्रा सबै अन्तर्राष्ट्रिय साझेदारहरूलाई पनि त्यही गर्न आह्वान गर्छौं।”
बिहीबार निप्रो रेल स्टेसनमा भएको आक्रमणले ‘रेल यात्रु रेल उभिएको’ प्लेटफर्ममा प्रहार गरेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ।
युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा काल्लासले यस साताको युरोपेली सङ्घ–क्यानाडा शिखर सम्मेलन र अक्टोबर ३०–३१ मा एटलान्टामा हुने जी२० विदेश मन्त्रीहरूको बैठकमा ‘युक्रेनप्रतिको हाम्रो सहयोगलाई अझ मजबुत बनाउन साझेदारहरूलाई आग्रह गर्ने’ बताउनुभएको थियो । “रुसलाई जवाफदेही बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्