पत्रकार किशोर श्रेष्ठ पक्राउ, चौतर्फी बिरोध

काठमाडौँ, २८ साउन । प्रहरीले जनआस्था साप्ताहिका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले दिनुभएको जानकारी अनुसार श्रेष्ठलाई आज साँझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिएको हो । उहाँले भन्नुभयो, “श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा वैयक्तिक गोपनीयता ऐनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएको थियो । अदालतबाट अनुमति लिएर पक्राउ गरिएको हो । बिहीबार अदालतमा पेस गर्छौं ।”
सम्पादक श्रेष्ठको पक्राउको विरोधमा पत्रकार आन्दोलित भएका छन । तत्काल रिहाइको माग गरेका छन । सम्पादक श्रेष्ठको पक्राउ पछि अहिले बिभिन्न प्रतिक्रिया आउने क्रम जारी छ । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सन्चार माध्यममा आएका समाचारमा चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी वा सम्बन्धित मिडियामा खण्डन प्रकाशित गर्नु पर्ने पत्रकार आचार संहिताको पहिलो आधारभुत सिद्धान्तको पनि पालना नगरी पत्रकार किशोर श्रेष्ठ लाई प्रहरीले प्रकाउ गरि मिडियालाई तर्साउने काम राज्य संयन्त्र को दुरुपयोग गरि गरिएको घटना प्रति घोर भर्त्सना गर्दछु ।

पत्रकार किशोर श्रेष्ठलाई के कारणले प्रकाउ गरिएको हो त्यसको चित्त बुझ्दो कारण माग गर्दै यो विषय प्रेस काउन्सिल मार्फत समाधान गर्न सम्बंधित पक्षलाई आग्रह गर्दछु १ तसर्थ पत्रकार किशोर श्रेष्ठलाइ तत्काल रिहा गर्न जोडदार माग गर्दछु १ संविधान र कानुनी राज्यको पालना गर्नु राज्य संयन्त्रको कर्तव्य हो अन्यथा लोकतन्त्रमा प्रेस माथीको दमन स्वीकार्य हुदैन १पछिल्लो समय सरकार मिडियालाई नियन्त्रण गर्न केन्द्रित छ भन्ने कुरा यो प्रकाउबाट पनि पुष्टि भएको छ १ स्वतन्त्र प्रेस माथीको दमनका विरुद्ध एक्यबद्ताका लागी अनुरोध गर्दछु ।

यसैगरी, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरीले वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले गरेको पक्राउ खेदजनक छ। पछिल्ला दिनमा सरकार र सत्तारुढ दलका गलत कदमविरुद्ध पत्रकारितालाई नै मिसाइल बनाएर निर्भीक आवाज उठाइरहनुभएका श्रेष्ठलाई आज साझ ललितपुरको कुसुन्तीबाट पक्राउ गरिनु स्वतन्त्र प्रेसको घाँटी निमोठ्ने र सत्तालाई जवाफदेही बनाउने आवाज दबाउने खतरनाक कदम हो। मिडिया सरकारको प्रचार संयन्त्र होइन, लोकतन्त्रको प्रतिपक्षी आवाज हो।

पत्रकारलाई पक्राउ गरेर प्रश्न र आवाज बन्द गर्न सकिन्छ भन्ने भ्रम सत्ताले नराखोस्। सरकारको यो दमनकारी र प्रतिशोधपूर्ण हर्कत अत्यन्तै निन्दनीय छ। पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर, स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप बन्द गर। सबै पत्रकारहरू एकजुट भएर आन्दोलनमा आउनुको विकल्प छैन। यो ज्यादतीको पराकाष्ठा हो । भन्नुभएको छ ।

यस्तै, अन्य पत्रकारहरुको प्रतिक्रिया आउने क्रम जारी ।

सार्वजनिक पदमा रहेका हरेक व्यक्ति समाचारका विषय हुन्। उनीहरूका हरेक गतिविधि सार्वजनिक सरोकारको विषय बन्छ ।

सार्वजनिक पदमा बस्ने र राज्यकोषबाट तलब खानेले आफ्नो मर्यादाको ख्याल नगरी इलु(इलु गर्दै हिड्ने । फेसबुकमा आफैं के(के गरेको पोस्ट गर्ने अनि पत्रकारले समाचार लेखेपछि व्यक्तिगत गोपनीयताको कानून देखाउँदै सञ्चारकर्मी र सञ्चारसंस्थामाथि धरपकड गर्ने ?

आफै किस खाएको फोटो फेसबुकमा हाल्यो । अनि आफै गोपनियता भङ्ग भएको उजुरी दियो। गजब छ ।गोपनियताको उल्लङ्घन नै भएको हो भने सांसदको गोपनियताको उल्लङ्घन यो उजुरीकर्ताले गरेको हो ।

रिसको झोंकमा अर्काको बुढासँग चुम्माचाटी गरेको फोटो आफैंले फेसबुकमा हाल्ने, अनि त्यही कुरा मिडियाले प्रश्न उठाउँदै समाचार बनाउँदा गोपनीयता भँग भो रे

फोटो नक्कली भन्दै थिए, अहिले फोटो त सक्कली नै हो । तर, व्यक्तिगत गोपनियता उल्लङ्घन गरेको भन्दै पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएछ। आफै फेसबुकमा हालेको कुरा गोपनीय हुन्छ

यस्तै,पत्रकार श्रेष्ठलाई सरकारले क्षेत्राधिकार नाघेर रातको समयमा पक्राउ गर्नु, रातकै समयमा घर खानतलासी गर्नु र अहिले बिहानै कार्यालयमा समेत खानतलासी गर्न पुग्नु नेपालको संविधान, लोकतन्त्र तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो।
समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत उपचार खोज्न सकिने बाटो हुँदाहुँदै यसरी पक्राउ, धरपकड र खानतलासी गर्नु तथा सञ्चार क्षेत्रलाई आतंकित पार्नु निन्दनीय छ । नेपाल पत्रकार महासंघले अहिले बिहान ९ बजे श्रेष्ठको गिरफ्तारी, घर कार्यालय खानतलासी लगायतको विरोधमा काठमाडौं प्रहरी परिसर भद्रकाली अगाडी धर्ना दिँदैछ ।

प्रेस स्वतन्त्रता पक्षधर साथीहरुलाई बिहान ९ बजे धर्नामा सहभागी हुन नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारीले आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्