हास्य कलाकारको टोली अमेरिकामा

काठमाडौं, १९ माघ । नेपालका चर्चित हास्यकलाकारहरुको टोली अमेरिकामा रहेका नेपालीहरुलाई हसाउन अमेरिका पुगेको छ । फेम नेपालको तत्वाधानमा अब हास्छ अमेरिका भाग २ लिएर ५ जना हास्य कलाकारहरु अमेरिका पुगेका हुन् ।
हाल कमेडी क्लब वीथ च्याम्पियन हास्य टिभि शोमा सक्रिय कलाकारहरु भरतमणी पौडेल, सुमन कोईराला ,सुमन कार्की,मेक्सम गौडेल र कैशाल कार्की अमेरिका पुगेका हुन् ।

उनीहरुको टोलीले अमेरिकाको विभिन्न राज्यका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुती मार्फत नेपालीहरुलाई हसाउने फेम नेपालका संचालक विमल पछाईले जानकारी दिए । सनराईज ईन्टरटेईमेन्टसँगको सहकार्यमा अमेरिका टुर अघि बढाईएको जानकारी दिदैं पछाईले विभिन्न शहरहरुमा स्थानीय आयोजकलाई समावेश गरेर कार्यक्रम गर्ने बताए । फ्रेबुअरीको पहिलो साताबाट सुरु हुने कार्यक्रम अमेरिकाका १४ बढि ठाँउमा हुने जनाईएको छ । कतिपय कार्यक्रमको मिति तय भैसकेको र कतिपय तय गर्ने क्रममा रहेकाले थप कार्यक्रम कुन शहरमा कहिले हुँदैंछ भन्ने सन्दर्भमा जानकारी गराउँदै जाने पछाईले सुनाए ।

 

प्रतिक्रिया दिनुहोस्