काठमाडौँ, १२ मङ्सिरः पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गर्नुभएको छ । आज रास्वपाले उहाँलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरेको छ ।
रास्वपाले आजै अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ । त्यसैगरी पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजनमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्रसमेत रहने उम्मेदवार छनोट अडिट समिति गठन गरिएको जनाइएको छ । त्यसैगरी, विभिन्न केन्द्रीय विभाग तथा आयोगमा पनि १५ जनाको नयाँ मनोनयन गरिएको छ ।
आजै रास्वपाले विवेकशील साझा पार्टीसँग एकता घोषणाको तयारी अघि बढाइएको जनाएको छ । सो पार्टीको आजको सचिवालय बैठकले पार्टी एकता घोषणा कार्यक्रमबारे छलफल गर्न आजै केन्द्रीय समितिको बैठक डाकिएको प्रवक्ता मनीष झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उच्च संवाद समितिले प्रस्तुत गरेको प्रगतिसहित परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरूलाई एउटै ध्रुवमा ल्याउने प्रक्रियामा उल्लेख्य उपलब्धि नजिकिएको बैठकमा जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस्