एनपिएलको पहिलो खेलमा काठमाडौंसँग जनकपुर पराजित

काठमाडौँ, २ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा काठमान्डु गोर्खाजले विजयी सुरूवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइड र प्यारापिटमा १० हजार बढी दर्शकका बीच भएको पहिलो खेलमा काठमाडौंले साविक विजेता जनकपुरलाई ५ विकेटले पराजित गरेको हो । जनकपुरले दिएको १३१ रनको सामान्य लक्ष्य काठमान्डुले १८ ओभरमा ५ विकेटको गुमाएर पूरा ग¥यो ।

राम्रो सुरावात गरेको काठमान्डुका बेन चाल्र्सवर्थले २३ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ४६ रन र आकाश त्रिपाठीले ४५ बलमा ५ चौका प्रहार गर्दै ३९ रन बनाए । भीम सार्की ३ रनमा आउट भए ।

बलिङमा चम्किएका मिलिन्द कुमारले २२ बलमा १ छक्काको मद्दतमा १९ रन बनाए । मिलिन्द कुमार आउट भएपछिको अर्को ओभरको पहिलो बलमा जोन सिमसन पनि १३ रनमा अनिलकुमार साहको एलबिडब्लूको धरापमा परेका थिए । तर आदिल अन्सारी ४ बलमा १ छक्काको मद्दतमा नटआउट ८ रन बनाउँदा काठमान्डु दुई ओभरमा बाँकी छदै लक्ष्य पूरा ग¥यो ।

बलिङमा जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, यान निकोल लोफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एक एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा काठमान्डुले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो ।

चार ओभरभित्र ३३ रन जोडेको जनकपुरले पाँचौं ओभरमा दुई विकेट गुमाएको थियो । पाँचौं ओभरमा काठमाडौंका लागि मिलिन्द कुमारले दुई विकेट लिँदा एक रन मात्र खर्चिएका थिए ।

उनले जनकपुरका ओपनर लाहिरु मिलान्थालाई विकेट किपर सिमसनबाट क्याच गराए भने एक बलपछि कप्तान अनिलकुमार साहलाई शून्यमा इरासमसबाट क्याच गराउँदै पेभिलियनको बाटो देखाए ।

दुई ओभरपछि मिलिन्दले यान निकोल लोफ्टी इटनलाई २ रनमा बोल्ड गरेपछि जनकपुर दबाबमा प¥यो । भारतको रणजी ट्रफी तथा आइपिएल खेलेका मिलिन्द कुमार अहिले अमेरिकाको राष्ट्रिय टोलीमा छन् । उनै मिलिन्दले आफ्नो चार ओभरको स्पेलमा १५ रन खर्चिदा काठमाडौंले खेलमा दबाब बनाउन सफल भयो ।

अलराउन्डर मिलिन्द कुमारले हालै युएईमा सकिएको नेपाल र युएई विरूद्धको आइसिसी विश्वकप लिग–२ को खेलमा अमेरिका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले सिरिजमा सुरूआती तीन खेलमा अर्धशतक प्रहार गर्दा युएईविरूद्धको अन्तिम खेलमा शतक प्रहार गरेका थिए ।

उनी सो सिरिजमा बलिङमा भने चल्न सकेका थिएनन् ।
जनकपुरका लागि ओनपिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गर्न सके।उनले ४१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाए ।

शाहब अलामको बलमा काठमाडौंका विकेटकिपर सिमसनबाट आसिफ स्टमपिन हुनुअघि जनकपुरका अर्का विदेशी खेलाडी सन्जय कृष्णमूति २ रनमा सन्तोष यादवको बलमा बोल्ड भएका थिए ।

तर मयन कुमार र लाहिरु समाराकूनले पाँचौ विकेटका लागि ४८ रनको साझेदारी भयो । समाराकूनले २१ बलमा २ छक्काको मद्दतमा २२ रन बनाए । अन्तिम ओभरको पाँचौ ओभरमा उनी करण केसी बलमा शाहबबाट क्याच भए ।

यस्तै मयन यादवले नटआउट ३४ रन बनाए । उनले २९ बलमा २ चौका र १ छक्का प्रहार गरे । अन्तिम बलमा रुपेश सिंहले चौका प्रहार गरे । बलिङमा मिलिन्द कुमारले ३ विकेट लिँदा करण केसी, सन्तोष यादव र शाहब अलामले १–१ विकेट लिए ।

एनपिएलमा मंगलबार दुई खेल हुँदैछन् । पौने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने अपरान्ह चार बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्