पाँच वर्षपछि रोबर्टो मान्सिनीले छाडे इटलीको प्रशिक्षक

Roberto Mancini

२८ साउन, काठमाडौं । रोबर्टो मान्सिनीले इटलीको फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएका छन् ।

पाँच वर्षपछि मान्सिनीले प्रशिक्षक पद छाडेका हुन् । ५८ वर्षीय इटालियन नागरिक उनले २०१८ को विश्वकपमा इटली छनोट हुन नसकेपछि टिम सम्हालेका थिए ।

मान्सिनीकै प्रशिक्षणमा इटलीले इंग्ल्याण्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । त्यसपछि इटली विश्व कीर्तिमानी लगातार ३७ खेलमा अपराजित रहेको थियो ।

तर फिफा विश्वकप २०२२ मा भने छनोट हुने सकेन ।

इटालियन फुटबल फेडेरेसनले मान्सिनीले राजीनामा दिएको विषयलाई पुष्टी गरेको छ र साथै मान्सिनीको स्थानमा अर्को प्रशिक्षक केही दिनमा नियुक्त गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्