मुग्लिन (चितवन), २० कात्तिकः सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन एकतर्फी बनेको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज साँझ चितवनको इच्छाकामना–६ जलबिरे नजिकै पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउने तयारी भइरहेको उक्त सडकका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्