काठमाडौँ २८ असोज । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो संस्करणका लागि ५१२ स्वदेशी खेलाडीको नाम दर्ता भएको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको पहिलो संस्करणमा २७८ नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए । दोस्रो संस्करणमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी १५५ खेलाडीको नाम दर्ता गरिएको छ । त्यस्तै, सुदूरपश्चिमका १०३, लुम्बिनीबाट ९८, मधेसबाट ७०, कोशीबाट ३५, कर्णालीबाट २७ र गण्डकी प्रदेशबाट २४ जना खेलाडी छन् ।
पहिलो संस्करणमा छ सहरका छ टोलीले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत ८४ खेलाडी लिएका थिए । जसमा ६६ जना नेपाली खेलाडी थिए । “प्रतियोगितामा विदेशी खेलाडी पनि आकर्षण छ, दोस्रो संस्करणको ‘ड्राफ्ट’मा ४० देखि ५० जना विदेशी खेलाडी लिनेछौँ”, प्रमुख बेगानीले भन्नुभयो । पहिलो संस्करणमा थाइल्यान्ड, बङ्गलादेश, श्रीलङ्का र केन्याका १८ खेलाडीले एनकेएलमा सहभागिता जनाएका थिए ।
प्रतियोगितामा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौँ माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले सहभागी जनाएका थिए ।
राष्ट्रिय खेलकुद परिषद्को त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजित पहिलो संस्करणको फाइनलमा जनकपुरले काठमाडौँलाई ४३–४१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार पहिलो सिजनको ड्राफ्टमा २ सय ७८ जना नेपाली खेलाडी एनकेएलमा दर्ता भएका थिए ।
‘दोस्रो सिजनको लागि खोलिएको आवेदनबाट ५ सय १२ स्वदेशी खेलाडी दर्ता भएका छन् । त्यसैले हामीले एनकेएलको क्रेज र खेलाडीको आकर्षण अत्याधिक बृद्धि भएको पाएका छौं’ उनले भनेका छन् ।
गत वर्ष भएको पहिलो संस्करणमा ६ सहरका ६ टिमले एनकेएलमा प्रतिस्पर्धा गर्न ड्राफ्टमार्फत् ८४ खेलाडी लिएका थिए, जसमा नेपाली खेलाडीको संख्या ६६ थियो ।
‘विदेशी खेलाडीको आकर्षण पनि अत्यधिक बढेको छ । धेरै देशका खेलाडीले एनकेएल खेल्न चाहेका छन् । हामी दोस्रो सिजनको ड्राफ्टलाई ४०–५० जना विदेशी खेलाडी लिनेछौं । उनीहरू पक्कै पनि माथिल्लो स्तरका हुनेछन्’ बेगानीले बताए । पहिलो सिजन थाइल्यान्ड, बंगलादेश, श्रीलंका र केन्या गरी चार देशका १८ खेलाडीले एनकेएलमा आएका थिए ।
नेपाली कबड्डी इतिहासमै फ्रेन्चाइज टोलीको ऐतिहासिक प्रतियोगिताको रुपमा एनकेएलको सिजन १ १७–३१ जनवरी, २०२५ मा भव्यताकासाथ सम्पन्न भएको थियो ।
फ्रेन्चाइजको आधारमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, बुटवलको हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्स गरी ६ सहरका ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम मगर र हिमालयन रेइडर्सका गणेश पार्की अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेल्न व्यस्त छन् । सिजन २ को ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै सार्वजनिक गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्