एएफसी यु–२३ एसियन कप छनोटबाट नेपाल बाहिरियो

 

काठमाडौँ,२३ भदौ । नेपाल लगातार दोस्रो हारपछि एएफसी यु–२३ एसियन कप छनोटबाट बाहिरिएको छ । नेपाललाई शनिबार सिरियाले ४–२ ले पराजित गर्यो। एक पटक लिएको अग्रता जोगाउन सकेन ।

 

ताजिकिस्तानमा भएको खेलमा नेपाल विरुद्ध सिरियाले २५ औं मिनेटमा अग्रता बनायो। मोहम्मद अल मुस्तफाले नेपाली डिफेन्डरको कमजोरी गोल गरे। पहिलो हाफ १–० को नतिजामा सकियो । दोस्रो हाफमा नेपालले आशलाग्दो सुरुवात गर्यो।

१० मिनेटभित्र नेपालले २ गोल गर्यो । खेलको ५६ औं मिनेटमा निराजन धामीको गोलमा नेपालले खेललाई १–१ को बराबरीमा पुर्यायो। खेलको ५६ औं मिनेटमा सुमित श्रेष्ठले गोल गरे । यो सँगै नेपालले सिरिया विरुद्ध २–१ को अग्रता बनायो। निराजन र सुमित दुवै राष्ट्रिय टोलीका पनि सदस्य हुन् ।

 

तर नेपालले यो अग्रता जिगाउन सकेन । ७७ औं मिनेटमा अलि अलरिनाको गोलमा सिरयाले खेललाई २–२ को बराबरीमा पुर्यायो। यसपछि ८१ औं मिनेटमा कप्तान मोहमाउद अलस्वादको गोलमा सिरियाले फेरि खेलमा ३–१ को अग्रता बनायो।

यसअघि मोहमाउद नायफले अर्को गोल थप्दा सिरियाले नेपाल विरुद्ध ४–२ को जित निकाल्यो। सिरियाको यो दोस्रो जित हो। उसले ६ अंक बनाएको छ। उसले यसअघि पहिलो खेलमा फिलिपिन्सलाई हराएको थियो ।

 

नेपालले भने २ खेलबाट अंकको खाता खोल्न सकेको छैन। पहिलो खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ४–० ले हारेको थियो । सन् २०२६ को साउदी अरेबियामा हुने यु–२३ एसियन कप छनोटको लागि ४४ राष्ट्रले दाबेदारी प्रस्तुत गरेका छन्। ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ ।

 

प्रत्येक समूहमा ४ टोली रहेका छन् । प्रत्येक समूहको विजेता छनोट हुनेछ। साथै उत्कृष्ट ४ उप विजेताले पनि एसियन कप खेल्न पाउनेछ । साउदी अरेबिया भने आयोजकको हैसियतमा छनोट भैसकेको छ । एसियन कपमा कुल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्