फिल्म ‘मोहर’को ‘झुम झुम झुम्किका’ गीत सार्वजनिक

काठमाडौँ, २४ असार । फिल्म ‘‘मोहर’को ‘झुम झुम झुम्किका’ गीत सार्वजनिक भएको छ । नलेखिएको कानुनको कथामा आधारित फिल्म ‘मोहर’को दोस्रो गीत ‘झुम झुम झुम्किका’ सार्वजनिक गरिएको हो। सोमबार युट्युबमार्फत सार्वजनिक उक्त गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर, हर्क साउदको शब्द रचना तथा एसडी योगीको संगीत रहेको छ । गीतका शब्दहरु रमाइला र प्रेमिल सुनिन्छन् । सार्वजनिक भएको गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमाल नृत्य गर्दै देखिएका छन् । भिडियोमा पलले बेनिशाको रूप र ठुम्काले धेरै नै वाहवाही बटुलेको छ । कविराज गहतराजले उक्त भिडियोको कोरियोग्राफर हुन् ।

दुई साताअघि फिल्मको पहिलो गीत ‘चाहिँदैन मोहर, पर्दैन सुकी’ सार्वजनिक भएको थियो । युट्युबमा १५ लाख बढी भ्यूज प्राप्त भइसकेको उक्त गीतको भिडियोमा पल शाह र नीति शाह देखिएका थिए । यसमा पलको कपाल छोटो थियो । ‘झुम झुम झुम्किका’ गीतमा भने उनको कपाल लामो देखिन्छ ।

आगामी साउन २३ गतेबाट प्रदर्शन आउने यो फिल्ममा पल, बेनिशा र नीतिसहित अर्जुन जंग शाही, रवीन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी लगायतको अभिनय रहेको छ । ओम प्रतिकको लेखन तथा निर्देशन र चुम्बन जंग शाहीको लगानीमा बनेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, दिपेन बस्न्यातको छायांकन तथा सुरेश अधिकारी, एसडी योगी र थानेश्वर गौतमको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्