काठमाडौँ, २३ असार । नेपाल भाषाको नयाँ सांगीतिक प्रस्तुति ‘असार या महिना स।।।’ को भिडियो सार्वजनिक भएको छ। अदिति कलेक्सन मल्टिपर्पोजको ब्यानरमा निर्माण भएको उक्त गीतलाई दि लाइफ एक्सप्रेस मुभी मेकर्सले बजारमा ल्याएको हो । उक्त गीतलाई ओएसआर मूभिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
विश्व कीर्तिमानी गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा आधारित यस गीतले असारे महिना र नेवारी परम्परागत कला(संस्कृतिको गहिरो चित्रण रहेका छ। नेपाली भाषाभित्रको नेपाल भाषामा तयार पारिएको यो गीत सांस्कृतिक संरक्षणतर्फ एक सशक्त प्रयासको रूपमा प्रस्तुत भएको छ।
गीतमा सङ्गीतकार सूर्य राई दनुवारको संगीत सुन्न सकिन्छ भने गायक शंकर लाल श्रेष्ठ र गायिका दिलु श्रेष्ठको सुमधुर स्वरले गीतलाई अझ प्रभावशाली बनाएको छ।
रोशन के श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा जुना कार्की, गायक शंकर लाल श्रेष्ठ स्वयं, इन्द्रेणीका अध्यक्ष कृष्ण कँडेल, छत्र शाहीलगायत कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ।
यस भिडियोमार्फत नगरकोट भ्रमण वर्ष २०८२ को प्रचार(प्रसार पनि गरिएको छ। नगरकोट बजार, मण्डनदेउपुर नगरपालिका अन्तर्गतको कुन्ताबेसी र ढाईटार लगायतका रमणीय स्थलहरूमा छायांकन गरिएको भिडियोको पोस्ट(प्रोडक्सन विष्णु आचार्यले गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्