काठमाडौँ, १० असार । गायक विश्व दोङ र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘गाउँकी गोरी’ सार्वजनिक भएको छ। मोवहिरा इन्टरटेन्मेन्टबाट प्रस्तुत गरिएको यो गीतले ग्रामीण सौन्दर्य र प्रेमको मिठासलाई जीवन्त ढंगले उतारेको छ।गीतको शब्द र संगीत आशिश सुनुवारको रहेको छ भने पवन वाङ लामाले संगीत संयोजन गरेका छन्, जसले गीतलाई अझ कर्णप्रिय बनाएको छ। किशोर थापाको मिक्सिङ र मास्टरिङले गीतको ध्वनि पक्षलाई थप निखार दिएको छ। सोनम पाख्रिनको निर्देशनमा तयार पारिएको भिडियोमा विजय भ्लोन र करुणा श्रेष्ठको प्रभावशाली अभिनय देख्न सकिन्छ। भिडियोले ग्रामीण परिवेशमा रोमान्स र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ, जसले सबै उमेर समूहका दर्शकलाई आकर्षित गरिरहेको छ। रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने विकास दाहालले सम्पादन गरेका छन्।
यो गीत छोटो समयमै दर्शकमाझ चर्चा बटुल्न सफल भएको छ। मोवहिरा इन्टरटेन्मेन्टले यस गीतमार्फत नेपाली संगीत बजारमा नयाँ धार र ऊर्जा ल्याउने विश्वास व्यक्त गरेको छ। साथै, कम्पनीले निकट भविष्यमा चलचित्र निर्माणमा पनि हात हाल्ने योजना सार्वजनिक गरेको छ।
प्रतिक्रिया दिनुहोस्