चन्द्रपुर (रौतहट), १ असार । चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ ।
आज बिहान चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्