जनकपुर बोल्ट्ससँग काठमाण्डु गोर्खाज आठ विकेटले पराजित

 

काठमाडौँ, १३ कात्तिक । मोइन अलीको अविजित अर्धशतक र राहुल यादवको उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई आठ विकेटले पराजित गरेको हो ।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा भने ब्याटिङ र बलिङ दुवैमा सुधारिएको प्रदर्शन ग¥यो । काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो । यस जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो खाता खोलेको छ ।

लक्ष्य पछ्याउने क्रममा जनकपुरका मोइन अलीले जिम्मेवार ब्याटिङ गर्दै टोलीलाई जितसम्म पु¥याए । उनले ५१ बलमा तीन चौका र तीन छक्काको मद्दतमा अविजित ५८ रन बनाए । उनलाई साथ दिएका सैफ हसनले पनि अविजित ४० रन जोडे । दुवै ब्याटरबीचको साझेदारीले जनकपुरको जित सहज बनायो ।

काठमाण्डुका बलरले जनकपुरका दुई ब्याटरलाई मात्र आउट गर्न सके । रिपोन मण्डलले एक विकेट लिए पनि लक्ष्य जोगाउन पर्याप्त भएन । जनकपुरले सुरुदेखि नै लक्ष्य पछ्याउने क्रममा संयमित खेल प्रदर्शन गर्दै जित आफ्नो पक्षमा पा¥यो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गोर्खाजले १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ११५ रन बनाएको थियो । टोलीका लागि भीम सार्कीले सर्वाधिक ३३ रन जोडे । उनले २९ बलमा चार चौका प्रहार गरे ।

काठमाण्डुका राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नियमित अन्तरालमा विकेट गुमाउँदा काठमाण्डु ठूलो योगफल बनाउन असफल भयो ।

जनकपुरका बलर राहुल यादवले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा ३१ रन खर्चिएर चार विकेट लिए । उनको बलिङले काठमाण्डुको मध्यक्रम र तल्लो क्रमलाई दबाबमा राख्यो । सैफ हसनले दुई विकेट लिए भने कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक–एक विकेट हात पारे ।

काठमाण्डुका ब्याटरले केही समय टिकेर खेल्ने प्रयास गरे पनि जनकपुरका बलरले साझेदारी लामो समय टिक्न दिएनन् । यही कारण टोली निर्धारित २० ओभर पूरा हुनुअघि नै समेटियो ।

पहिलो खेलमा पराजय बेहोरेपछि जनकपुरका लागि यो जित महत्त्वपूर्ण बनेको छ । ब्याटिङमा मोइन र सैफको योगदान तथा बलिङमा राहुलको प्रभावकारी प्रदर्शनले टोलीलाई सन्तुलित खेल देखाउने अवसर दियो । प्रतियोगितामा अघि बढ्न जनकपुरले आगामी खेलमा पनि यही लय कायम राख्नुपर्नेछ ।

यसैबीच, बुधबारको अर्को खेलमा विराटनगर किङ्ग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ । पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित विराटनगर पहिलो जितको खोजीमा हुनेछ भने जनकपुरलाई हराएको कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ ।

एनपिएलमा टोलीहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै जाँदा प्रत्येक जितले अंकतालिकामा महत्त्व राख्नेछ । जनकपुरको जितले प्रतियोगितामा पुनरागमनको बाटो खोलेको छ भने काठमाण्डुले आगामी खेलमा आफ्नो ब्याटिङ सुधार्नुपर्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्