चितवन, ११ असोज । निरन्तरको वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार नारायणगढ–मुग्लिन सडकको नाम्सी खोलामा पहिरो खसेको छ । पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो खसेको छ । पहिरो पन्छाएर यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
यसैगरी,पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । उक्त राजमार्गको वालिङ–स्याङ्जा खण्ड आज बिहानदेखि अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार पुतलीबजार नगरपालिका–१ तीनधारे र वालिङ नगरपालिका–१ रामबाच्छामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । प्रहरी, स्थानीय पालिका, सडक विभागको सहकार्यमा बाटो खोल्ने प्रयास जारी छ ।
यस्तै,नारायणी नदीमा जलसतह बढेसँगै नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का बस्ती डुबानमा परेका छन् ।
गैँडाकोट नगरपालिका–२ बोटेटोल तथा कावासोतीको अमलटारी क्षेत्र पनि डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारी प्रहरी अनिल पण्डितकाअनुसार बोटेटोल डुबानमा परेपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्