–गीता अधिकारी
काठमाडौँ, २० माघ । रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खडकाको निर्देशन रहेको गीतको भिडियोमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । भिडियोमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि देख्न सकिन्छ । सुदीप दाहालले निर्माण गरेको सार्वजनिक गीतको भिडियोमा उत्सव दाहालको छायांकन र विकास धमलाको सम्पादन छ ।
गीतको शब्द रचना जति राम्रो छ भिडियो पनि त्यतिकै शसक्त बनेको छ । प्रेमील यस गीतमा आफूले मन पराएको मान्छेसँग सधै साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ । शब्द रचना, स्वर, संगीत र उत्कृष्ट भिडियो छायांकन भएको यो गीत सार्वजनिक भएसँगै धेरै श्रोता/दर्शकले मन पराइरहेका छन् ।
अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । गीतको भिडियो सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो । सुशीला बस्नेतका यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’, ‘तीज आयो साथी संगी’ जस्ता गीतहरू धेरै मन पराइएका छन् ।
प्रतिक्रिया दिनुहोस्