दुई वर्षको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण

Basundhara Puraskar

काठमाडौँ । भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष २०७८ र २०७९ सालको भुवन चैत्य वसुन्धरा पुरस्कार एकसाथ वितरण गरेको छ ।

आइतबार राजधानीमा आयोजित एक समाराेहबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुरस्कार प्रदान गरिन्  ।

कार्यक्रममा ०७८ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल र ०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहले प्राप्त गरे ।

यसैगरी विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७८ र विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्राप्त गर्दा विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७८ साल र विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार दिइयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्र कलाकार संकाे अध्यक्ष माेहन निराैला, वरिष्ठ अभिनेत्री चैते देवीलगायका उपस्थिति कार्यक्रममा रहेको थियो ।

वि.सं २०७५ सालमा स्थापना भएको भुवन चैत्य वसुन्धरा फाउण्डेसनले नेपाली कला, संस्कृति, रंगमञ्च, गीतसंगीत  र साहित्यका सर्जक, श्रष्टालाई उनीहरुको योगदानको आधारमा पुरस्कारबाट सम्मान गर्दै आएका छ । पुरस्कारको राशि जनही ५१०००/– (एकाउन्न हजार) रहेको छ ।

फाउण्डेसनकाे अध्यक्ष अभिनेत्री भुवन थापा चन्द रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्