तिहार एवं नेपाल संवत् ११४६ नयाँ वर्षको उपलक्ष्यमा बिशेष रक्तदान कार्यक्रम सम्पन्न 

 

 

ललितपुर, २ कार्तिक । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा आज ललितपुर महानगरपालिका २३ वडा धापाखेलमा तिहार एवं नेपाल संवत् ११४६ नयाँ वर्षको उपलक्ष्यमा बिशेष रक्तदानका साथै चियापान कार्यक्रम आयाेजना गरि सम्पन्न भएको छ ।

ब्रम्हटाेल मिसा पुच:का अध्यक्ष बुद्धिलक्ष्मी महर्जनकाे सभापतित्वमा आयाेजित उक्त कार्यक्रममा बिशेष अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखा अध्यक्ष नवीन महर्जन र अतिथिमा नेपाल स्वयंसेवी रक्तदाता समाज ललितपुर जिल्ला शाखा कार्यसमिति सदस्य राजु महर्जन रहनु भएको साे कार्यक्रममा २३ वडा अध्यक्ष प्रमुख अतिथि रहनु भएको थियो ।

साेही कार्यक्रममा “प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षकाे जन्माेत्सबसंगै रक्तदानकाे शुभारम्भ गराैं !” मूल आह्वानलाई सार्थक सिद्ध गर्न तयार पारिएकाे – start 18 stars team काे अवधारणानुरूप आज आफ्नो १८औं वर्षकाे जन्मदिनलाई रक्तदान गरि मनाउनु हुने सुदीना महर्जनलाई start 18 stars team काे लाेगाे अंकित बाय्‌व ब्रम्हटाेल मिसा पुच:का अध्यक्ष बुद्धिलक्ष्मी महर्जनले पहराई कदर गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा प्रमुख उपस्थिति जनाउनु हुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले शुभकामना-पत्र प्रदान गरि सम्मान जाहेर गर्नुका साथै रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा-पत्र बितरण गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्