नेपाल स्वयंसेवी रक्तदाता समाजको काठमाडौं महानगरपालिका कार्यसमिति गठन

 

काठमाडौं,१ असोज । नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका कार्यसमिति गठनार्थ एक भेलाको आयोजना गरि सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यता आयोजित सो भेलाले राम रञ्जितको अध्यक्षतामा एक कार्यसमितिको चयन गरिएको छ ।

जसमा श्याम मुनिकार उपाध्यक्ष, राजेश मानन्धर सचिव,निरू महर्जन कोषाध्यक्ष, प्रचण्ड कारञ्जित,सुरेश सिलाकार,सुजिता अधिकारी ,बिनोद खड्गी र मैञा महर्जन सदस्य रहनु भएको छ । स्थानीय समाजसेवी द्वयस् प्रकाश लाल श्रेष्ठ र कृष्ण शाही को आतिथ्यता रहेको सो भेलाको अध्यक्षता नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं जिल्लाध्यक्ष राधाकृष्ण तण्डुकारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्