काठमाडौं, ३१ भदौ । जेनजी आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितीका कारण अहिले नेपाली खेलकुद क्षेत्र प्रभावित बनेको छ ।
यदि सबै अवस्था सामान्य हुन्थ्यो भने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण सम्पन्न भइसकेको हुने थियो । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल पनि हुने थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि तयारी पनि चलिरहेको हुन्थ्यो ।
पोखरामा सञ्चालन भइरहेको एभरेष्ट महिला भलिबल लिग बिचमै रोकिँदा आसन्न केही प्रतियोगिताहरु पनि स्थगित भएका छन् । यसले तत्कालका लागि मात्र नभएर नेपाली खेलकुदमा दुरगामी रुपमै असर पार्ने देखिन्छ । भविष्यमा यसको असर कति पर्छ भन्ने कुरा समयले नै देखाउनेछ ।
जेनजी पुस्ताले भदौ २३ गते भ्रष्टाचार विरुद्ध गरेको आन्दोलनका लागि भदौ २४ गते तय भएको नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल रद्द भयो । अखिल नेपाल फुटबल संघले विषम परिस्थितका कारण उक्त खेल रद्द गरेको थियो । भदौ २१ गते भएको नेपाल र बंगलदेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो मैत्रीपूर्ण खेल रद्द भएपछि बंगलादेशी टोली पनि समयमै स्वदेश फर्कन पाएन । अन्तिममा विशेष विमानमार्फट चार्टर गरेर टोलीलाई बंगलादेश लगियो । एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजिकिस्तान पुगेको नेपाली यू–२३ फुटबल टोली पनि समयमा घर फर्कन पाएन ।
आन्दोलनका कारण निर्धारित समयमा नेपाल आउने उडान नपाउँदा नेपाली टोली दुई दिनपछि मात्र नेपाल आइपुगेको थियो ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा भदौ २० गतेदेखि पोखरामा वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण सुरु भएको थियो । ६ टोली सहभागी लिगको भदौ २८ गते फाइनल हुने तय थियो ।
तर आन्दोलन सुरु भएको दिन भदौ २३ गतेसम्म खेल सञ्चालन भएपनि २४ गतेदेखिको खेल भने प्रभावित बन्यो । जसले गर्दा लिगको खेलहरु अघि बढ्न सकेन । आयोजकले पाँचौ दिन देखि नै प्रतियोगिता तत्कालका लागि स्थगित ग¥यो । तर आन्दोलनको प्रभाव बढ्दै जाँदा थप खेल हुन सकेन ।
प्रतिक्रिया दिनुहोस्