काठमाडौं, १६ भदौ । रक्तदाता उत्प्रेरणा एवं अन्तरक्रिया बिषयक एक दिने गोष्ठी सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाद्वारा आयोजित उक्त गोष्ठीमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थितिमा रहेको सो गोष्ठीमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता र जनसम्पर्क अधिकृत प्रबीण मानन्धरको विशेष उपस्थिति रहेको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज नगर समिति र मातहतका वडा समितिहरूका प्रतिनिधिहरू लगायत केन्द्रीय सदस्य द्वयस् प्रेमप्रसाद लम्साल,ध्रुब पाण्डे समेतको उपस्थितिलाई सम्बोधन गर्दै नेपालमा रक्त व्यवस्थापनको वर्तमान अवस्था र सहभागिहरूको जिज्ञासालाई नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका अर्का जनसम्पर्क अधिकृत संदेश थापाद्वारा प्रकाश पार्नुभयो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजको आवश्यकता एवं रगत र रगतबाट तयार पारिने रक्त(तत्वहरूको व्यवस्थापन बारे कार्यक्रमका प्रमुख व्यक्ति नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रकाश पार्नु भएको थियो ।
सो गोष्ठीमा सहभागी सबैलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण(पत्र बितरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्