शयन कक्षमा बिर्सेर पनि नराख्नुहोस् यी पाँच चिज

Bedroom

हाम्रो जीवनमा वास्तुको विशेष महत्त्व छ । त्यसैले घरमा राखेका हरेक चिजमा निगरानी राख्नुपर्छ किनभने हामीले केही चिजलाई सही दिशामा राम्रो तरिकाले राख्छौँ भने जीवनमा खुसीयाली आउँछ । यी चिज राम्रोसँग नराखेको खण्डमा वास्तुको प्रभावले जीवनमा नकारात्मक असर निम्त्याउन सक्छ । यदि कसैको घरमा वास्तु दोष छ भने घरका सदस्यले कुनै न कुनै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । वास्तुको प्रभावले पारिवारिक मतभेद पनि निम्तिन सक्छ । त्यसैले वास्तुलाई हामीले नजरअन्दाज गर्नै सक्दैनौँ । विशेष गरी बेडरुममा वास्तुको ठुलो महत्त्व हुन्छ । वास्तु शास्त्रले हामीलाई बेडरुममा केही कुरा राख्नबाट रोक्छ । यस्ता चिज बेडरुममा हुँदा श्रीमान्–श्रीमतीको सम्बन्धमा पनि दरार निम्तिन सक्छ । भारतको उन्नावका ज्योतिषाचार्य एवं वास्तु जानकार पंडित ऋषिकांत मिश्रले शयन कक्षमा राख्न नहुने केही चिजबारे जानकारी दिएका छन् ।

शयन कक्षमा चम्किलो रङ नलगाउनुहोस्

शयन कक्षमा बिर्सेर पनि चम्किलो रङ नलगाउनुहोस् । यसले घरमा नकारात्मकता फैलन्छ । बेडरुममा सधैँ निलो वा हल्का रङको प्रयोग गर्नुहोस् । यदि तपाईंको कोठामा रातो, सुन्तले वा अन्य गाढा रङ लगाइएको छ भने यसले तपाईंको निद्रामा प्रभाव पार्छ । गलत रङ छनोट गर्दा तपाईंको मानसिक स्थितिमा पनि गहिरो प्रभाव पर्छ ।

जुत्ता 

बेडरुममा कहिल्यै पनि धुलो लागेको जुत्ता राख्नुहुँदैन । यसले घरको बिथोल्छ र नकारात्मक ऊर्जाको सञ्चार गराउँछ । दिनभरि काम गरेर थाकेका कोही मानिसको बानी सिधै बेडरुममा जाने हुन्छ । धेरै थाकेका कारण कोहीले त जुत्ता पनि बेडरुममा नै फुकाल्छन् । यस्तो गर्दा कोठा फोहोर त हुन्छ नै यसले शारीरिक र मानसिक समस्या पनि उत्पन्न हुन्छ । यी सबै समस्याबाट बच्नका लागि बेडरुममा जुत्ता नलगेकै राम्रो ।

कुचो–फोहोरदानी

शयन कक्षमा डस्टबिन वा कुचो राख्दा पनि वास्तु दोष उत्पन्न हुन्छ । त्यसैले यी चिज सुत्ने कोठामा हुनु अशुभ मानिन्छ । यस्ता चिज बेडरुममा राख्दा नकारात्मक ऊर्जा तीव्र रूपमा फैलिन्छ जसले आर्थिक समस्याको पनि सामना गर्नुपर्ने हुनसक्छ । त्यसैले जति सक्दो छिटो शयन कक्षबाट फोहोरदानी र कुचोलाई बाहिर निकाल्नुहोस् ।

मैलो बेडसिट (तन्ना) 

वास्तु शास्त्रमा मैलो तन्ना राख्नु पनि गलत मानिन्छ । यसो गर्दा घरमा नकारात्मक ऊर्जा फैलन्छ । कालो रङको तन्ना सकेसम्म नहाल्नुहोस् । फोहोर तन्नाले विभिन्न रोग पनि बढाउँछ, साथै फोहोर तन्नाले तपाईंको निद्रामा पनि असर पार्छ ।

ऐना

शयन कक्षमा ऐना राख्नु हुँदैन तर राख्नै पर्‍यो भने सुतिरहेका बेला तपाईंको प्रतिबिम्ब त्यसमा नपरोस् ।

प्रतिक्रिया दिनुहोस्