गोरखा, २ भदौ । रगत अभावमा कसैले ज्यान गुमाउन नपरोस्’ भन्ने पवित्र उद्देश्यका साथ स्थापित नेपाल स्वयंसेवी रक्तदाता समाजले गोरखा जिल्लामा आफ्नो संगठन विस्तार गरेको छ । साउन ३१ गते नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा गोरखा नगरपालिका वडा नम्बर ११ को सभाकक्षमा सम्पन्न एक भेलाले मनोज पोखरेलको संयोजकत्वमा ७ सदस्यीय गोरखा नगरपालिका तदर्थ समिति गठन गरेको हो ।
नवगठित समितिमा सदस्यहरू क्रमशस् धनबहादुर गुरुङ,अर्जुन खड्का,विशाल देवकोटा,विनय बराम, विशाल कुमाई र इन्द्रप्रसाद अंगाई चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कर्माचार्यले नवनिर्वाचित पदाधिकारीहरूलाई संस्थाको प्रतीक(चिह्न ९ब्याज० प्रदान गर्दै बधाई तथा शुभकामना दिनुभयो । उहाँले रगतको कुनै विकल्प नभएको बताउँदै स्वयंसेवी रक्तदाताहरूको सञ्जाललाई देशभर विस्तार गर्नुको महत्त्व माथी प्रकाश पार्नुभयो । ूरगतको विकल्प रक्तदान मार्फत उपलब्ध हुने रगत नै हो,” प्रमुख अतिथि कर्माचार्यले भन्नुभयो, “त्यसैले हामीले स्वयंसेवी रक्तदाताहरूलाई जिल्ला,पालिका र वडा तहसम्म संगठित गर्दै मानवीय सेवामा जोड्न खोजेका हौं ।”
सो अवसरमा समाजका केन्द्रीय सदस्य तथा गोरखा जिल्ला अध्यक्ष रामबहादुर खड्काले जिल्लाभर रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन क्रमशः अन्य पालिका र वडाहरूमा पनि समिति विस्तार गरिने योजना रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्