नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय रक्त नायक/रक्तदाता सम्राट् स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख उपस्थितिमा दाेश्राेपटक कालिकास्थान – २ रसुवामा आयाेजना गरिएको रक्तदान कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाकाे प्रमुख आतिथ्यता रहेकाे साे कार्यक्रममा अतिथिहरू क्रमश: कालिका गाउँपालिका उपाध्यक्ष मिरा तामाङ,नेपाल रेडक्रस साेसाइटी काउले उपशाखाका सचिव एन.आर.न्याैपाने,कालिका गाउँपालिकन वडा नं. २ अध्यक्ष उमेशबहादुर न्याैपाने,वडा नं. ५ का अध्यक्ष सन्दिप पाैडेल, नाैकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर ग्लान,जिबिस रसुवा सदस्य खुवाप्रसाद पाैडेल,कालिका हिमालय मा.बि. प्रधानाध्यापक श्यामकुमार गुरूङ र कालिका हिमालय क्याम्पस प्रमुख केशब रिजाल रहनुभएकाे साे कार्यक्रमकाे शुभारम्भ समाजसेवी टिकाप्रसाद देवकोटालाई प्रमुख अतिथि र प्रमुख अथिथिलाई प्रमुख उपस्थिति जनाउनु हुने स्वयंसेवी रक्तदाता उत्प्रेरक,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा ब्लड ब्याग हस्तान्तरण गरि गर्नुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका सचिब हेमनाथ खतिवडाद्वारा सञ्चलित उक्त कार्यक्रमकाे सभापतित्व नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका अध्यक्ष प्रमिला लामा र एस.एल.सी. ५६ बाय्जका अध्यक्ष हरि देवकोटाले संयुक्तरूपमा गर्नु भएको थियोे । साे कार्यक्रमकाे संयाेजन नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा जिल्ला शाखाका उपाध्यक्ष रामशरण गजुरेल र एस.एल.सी. ५६ बाय्जका तथा स्वास्थ्यकर्मी रामप्रसाद ढकाल द्वय:ले गर्नुभएको उक्त कार्यक्रममा महिला २२ र पुरूष ८३ गरि जम्मा १०५ जनाले रक्तदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्