काठमाडौँ २५ असार । एन्फा यु–१६ युथ लिगमा आज फ्रेण्ड्स क्लब, मनाङ मस्र्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले सहज जित निकालेका छन् ।
एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा फ्रेण्ड्सले चर्च ब्वाइज युनाइटेडलाई ७–० को फराकिलो अन्तरले पराजित ग¥यो ।
खेलको पहिलो मिनेटमै सुनिल केसीले अग्रता दिलाए । मन्दीप ढुंगेलले ५ गोल आफ्नो नाममा लेखाए । उनले खेलको १६औं, २७औं, ३८औं, ५८औं र ८७औं मिनेटमा गोल गरे ।
रेशब पुनले इन्ज्युरी समयको चौथो मिनेटमा गोल गर्दै जितलाई एकतर्फी बनाए । उत्कृष्ट प्रदर्शन गरेका मन्दीप ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
अर्को खेलमा हिमालयन शेर्पाले श्री भगवती क्लबमाथि ३–१ को जित निकालेको छ । प्रदीप खत्रीले ३०औं मिनेटमा गोल गर्दै खाता खोले । त्यसपछि ४०औं मिनेटमा विषु सुनुवार र ६२औं मिनेटमा जेनिल सुब्बाले गोल गर्दै अग्रता दोब्बर पारे ।
श्री भगवतीका लागि ८८औं मिनेटमा अनिल गुरुङले सान्त्वना गोल गरे । हिमालयन शेर्पाका खत्री खेलको ‘प्लेयर अफ द म्याच’ बने ।
दिनको अन्तिम खेलमा मनाङ ले सातदोबाटो युथ क्लबलाई ६–० ले हरायो । ३०औं मिनेटमा रोहन थापा मगरले पहिलो गोल गरे । ४३औं मिनेटमा विवेक मगरले दोस्रो गोल थपे। दोस्रो हाफमा मनाङले ४ गोल थप्दै एकतर्फी जित दर्ता ग¥यो ।
अर्जुन साउदले ६६औं मिनेटमा, राम अर्जेलले ७१औं मिनेटमा, शिओम श्रेष्ठले ८४औं मिनेटमा र इन्ज्युरी समयको चौथो मिनेटमा सोनम तामाङले गोल गरे । मनाङका शिओम श्रेष्ठ ‘प्लेयर अफ द म्याच’ चुनिए ।
लिगमा ‘ए’ डिभिजनका १४ टिम सहभागी छन् । डबल राउन्ड–रबिन फम्र्याटमा खेल भइरहेको छ । प्रतियोगिता फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किम अन्तर्गत आयोजना गरिएको हो ।
विजेता टोलीले २ लाख र दोस्रो टोलीले १ लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फेयर प्ले अवार्ड विजेतालाई पनि १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्