प्रिमियर लिगमा आर्सनलको सुखद सुरुवात

Arsenal's Kai Havertz, right, and Nottingham Forest's Willy Boly vie for the ball during the English Premier League soccer match between Arsenal and Nottingham Forest at Emirates stadium in London, Saturday, Aug. 12, 2023. (AP Photo/Kirsty Wigglesworth)

२७ साउन, काठमाडौं । आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा सुखद सुरुवात गरेको छ । शनिबार भएको सिजनको आफ्नो पहिलो खेलमा आर्सनलले नटिङघम फरेस्टलाई २– १ गोल अन्तरले हराएको हो ।

इमिरेट्स स्टेडियममा भएको खेल इटिकेटिङमा समस्या भएर अधिकांश दर्शक बाहिरै रहेपनि निर्धारित समयभन्दा ३० मिनेट ढिलो सुरु भएको थियो । खेलको सुरुमै नटिङघम फरेस्टले गोल गर्ने अवसर पाएको थियो, तर ब्रोनन जनसनको प्रहार आकासियो ।

आर्सनलले २६औं मिनेटमा एडी एनकेटियोको गोलबाट अग्रता लियो । ६ मिनेटपछि नै बुकायो साकाले गोल गरेपछि पहिलो हाफमा घरेलु टोली २–० ले अगाडि रह्यो ।

खेलको ८३औं मिनेटमा टाइवो अवानीले गोल गरेपनि नटिङघम फरेस्टको हार टार्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्