काठमाडौँ, ५ असार । ‘झिँगेदाउ २’ बन्ने भएको छ । ‘झिँगेदाउ’ ले राम्रो बजार पाएपछि ‘झिँगेदाउ’ को सिकवेल बन्ने भएको हो । निर्माणपक्षले त्यहि उत्साहका साथ फेरी दिर्शकलाई मनोरञ्जन पस्किन ‘झिँगेदाउ २’ बनाउन लागेको बताएका छन् । त्यसका लागि अहिले कलाकार छनोटको काम भइरहेको छ ।
सिक्वेलमा अघिल्लो श्रृंखलाकै ५र६ जना कलाकार दोहोरिँदैछन् । त्यसमध्ये ‘झिँगेदाउ’मा झगडालु बुहारीको भूमिकामा अभिनय गरेका अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मा अनुबन्धित भएका छन् । फिल्मका निर्माता समेत रहेका निर्देशक निर्देशक ज्ञानेन्द्र देउजाले यसै साता दुवैसँग लिखित सम्झौता गरेका छन् । मुकुन भुसाल, कुशल विष्ट लगायत पनि फिल्ममा दोहोरिने निश्चित भइसकेको छ ।
‘झिँगेदाउ २’मा अहिलेका चल्तीका दुईजना कलाकारलाई पनि भित्र्याउने निर्देशक देउजा बताएका छन् । त्यसका लागि केही कलाकारसँग कुरा भइरहेको पनि उनले बताए । तर, अहिले कलाकारको सेड्युल मिलाउनै सबैभन्दा गाह्रो रहेको उनको भनाइ छ । यो वर्ष फिल्म निर्माणको चाप निकै बढेकाले चल्तीका अधिकांश कलाकारको समय लिनै नसकिने अवस्था रहेको उनको अनुभव छ ।
विवाहपछि दुई छोराबीचको झगडाका कारण आमा निराश भएर वृद्धाश्रम गएपछि ‘झिँगेदाउ’लाई विट मारिएको थियो । त्यहीँबाट सिक्वेलको कथा उठान हुने निर्देशक देउजाले बताए । उनका अनुसार फिल्म ग्रामीण परिवेशमा नै निर्माण हुनेछ । पुराना शैलीका घर र त्यसअनुरूपको परिवेश देखाउन बजेट भने ठूलो लाग्ने उनको अनुमान छ । यस फिल्ममा महेश दवाडीको लेखन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्