काठमाडौँ, २७ जेठ । फिल्म ‘पिताम्बर’ की निर्देशक कृषा चौलागाईले फिल्म ‘जहाजैमा’ बनाउन लागेकी हुन् । उक्त फिल्ममा जापानी अभिनेत्रीलाई अनुबन्धित गरेको छ । यस फिल्ममा लिड रोलमा जापानी अभिनेत्री देखिने भएकी छन् । कृषा चौलागाईले निर्देशन गरेको फिल्म ‘पिताम्बर’बाट चर्चामा आएकी हुन् । थिम पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो। यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण हुन लागेको हो ।
थिम पोस्टरमा एक पुरुष जहाज चढ्न विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखिन्छ । निर्देशक चौलागाईंका अनुसार फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्नेछ । उज्ज्वल गुरागाईं निर्माता रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् ।
निर्माण पक्षले फिल्मका कलाकारको लाइनअप सार्वजनिक गरेको छैन । तर, केही दिनअघि निर्देशक चौलागाईंले एक जापानी अभिनेत्रीसँगको फोटो फेसबुकमा सेअर गर्दै चाँडै नाम सार्वजनिक गरिने बताएकी थिइन् । ती अभिनेत्री रजेल इचिमिया हुन् । ‘बि माइ गेस्ट, बि माइ बेबी’ जस्ता जापानी फिल्ममा अभिनय गरिसकेकी रजेल ‘जहाजैमा’मा मुख्य भूमिकामा देखिनेछिन् ।
सन् २०२६ मा रिलिज लक्ष्य राखिएको फिल्मको छायांकन आगामी भदौदेखि गरिनेछ । नेपाल, जापान र फिलिपिन्समा छायांकन हुने फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहने जनाइएको छ । हाल फिल्मको प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्