फिल्म ‘परालको आगो’मा ‘उडि जाउँ भने म पन्छी होइन’ गीत समावेश गरिने

काठमाडौं, २२ जेठ । फिल्म ‘परालको आगो’मा ‘उ ‘उडि जाउँ भने म पन्छी होइन’ गीत समावेश गरिने भएको छ । गायिका अरुणा लामाको गीत ‘उडि जाउँ भने म पन्छी होइन’ यो गीत ४ दशकअघि बनेको फिल्म ‘परालको आगो’मा समावेश थियो । अब यही नाममा बन्न लागेको नयाँ फिल्ममा पनि सोही गीत राखिने भएको छ । त्यसका लागि गीतकी संगीत निर्देशक शान्ति ठटालसँग मंगलबार सिलिगुडीमा फिल्मका निर्माता सुशील पोखरेलले लिखित सम्झौता गरेका छन् ।

शान्ति ठटालको संगीत र अरुणा लामाको स्वर रहेको गीतमा मनबहादुर मुखियाको शब्द रचना रहेको छ । गीतको नयाँ भर्सनमा कुन गायिकाको आवाज रहनेछ भन्ने निधो भइसकेको छैन । फिल्मका लागि यो गीत नै चाहिने भएकाले ठटालकै निवासमा पुगेर गीतका लागि अनुमति लिइएको निर्माता पोखरेलले जानकारी दिए ।

कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथासङ्ग्रह ‘नासो’मा सङ्ग्रहित ‘परालको आगो’मा आधारित भएर बन्न लागेको फिल्ममा जितु नेपाल, प्रकाश सपुत र सुहाना थापालाई मुख्य भूमिका देख्न सकिन्छ । यसमा सुहाना गौँथलीको भूमिकामा देखिनेछिन् । उनले पहिलो पटक ग्रामीण महिलाको भूमिकामा अभिनय गर्न लागेकी हुन् ।

हरिओम सिने मेकर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्नेछन् । आगामी फागुनदेखि छायांकन सुरु हुन लागेको फिल्ममा सुशील देवकोटाको लेखन छ भने संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा सत्य–स्वरुपराज आचार्यको संगीत रह्नेछ । ‘

प्रतिक्रिया दिनुहोस्