काठमाडौँ, २१ जेठ । नेपाली फिल्म जनै हराएको मान्छे स् सम्बन्धका धागाहरु रिलिज हुने भएको छ । आगामी भदौ ६ गते ९२०२५ सेप्टेम्बरको अन्त्यतिर०बाट प्रदर्शनमा आउन तयारी रहेको छ । यो फिल्म निर्माणको घोषणा भएसँगै फिल्मको नामले विवादित भएको थियो । सुरुमा यो फिल्मको नाम जनै हराएको बाहुन भनि राखिएको थियो । जसको कारण यो फिल्म विवादित भएको हो । हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्ति र संस्थाले फिल्मको नामलाई लिएर आपत्ति जनाएपछि निर्माण पक्षले शीर्षक परिवर्तन गरेको हो। अब फिल्म जनै हराएको मान्छेस् सम्बन्धका धागाहरु नामबाट आउने भएको छ।
नयाँ शीर्षकसहित सोमबार फिल्मबाट अभिनेता विजय बरालको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा उनी रातो सट लगाएर दुईवटा झोला बोकेर गाउँबाट सहर निस्कँदै गरेको देखिन्छ। निधारमा रातो टीका लागेको र निन्याउरो अनुहारले उनको मनको पीडा– विशेष गरी परिवारसँग छुटिनु परेको भावलाई दर्शाएको देख्न सकिन्छ । उनको यो लुक धेरैले रुचाएका छन भने निर्माण पक्षले उनलाई ‘एपिक नेचुरल स्टार’ को उपाधिसमेत दिएको छ।
फिल्ममा विजय बरालसहित केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय देख्न सकिन्छ । फिल्मको निर्देशन हिमाल न्यौपानेले गरेका हुन् भने मनिष राउत सह–निर्देशकको भूमिकामा रहेका छन्।
पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्म कमल न्यौपाने र बिमल न्यौपानेले निर्माण गर्न लागेका हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, नारायण तिमिसिना र चुडामणि सिवाकोटी रहेका छन्।
फिल्मको लेखन भानुभक्त ढकालले गरेका छन्। नवीन गुरुङले डीओपीको जिम्मेवारी सम्हालेका छन् भने कृष्ण परियार सिनेमेटोग्राफर हुन्। फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको संगीत समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस्