अछाम, २० जेठ । नेपाली सेनाद्वारा अछामको बर्दादेवी डाँडामा ‘हेलिप्याड’ निर्माण गरेको छ । विपद् तथा आपतकालीन अवस्थामा तत्काल उद्धार एवम् राहत सामग्री ढुवानी गर्न बर्दादेवीको डाँडामा हेलिप्याड निर्माण गरेको हो ।
नेपाली सेना, गोरख बक्स गणले हेलिप्याड निर्माण गरेर बान्निगढी जयगढ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गणपति सङ्गम अधिकारीले बान्निगढी जयगढ गाउँपालिकाको आर्थिक सहयोगमा हेलिप्याड निर्माण गरेर हस्तान्तरण गरिएको जनाए । सो अवसरमा गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले हेलिप्याड निर्माणबाट जिल्लाको पर्यटकीय एवं धार्मिक क्षेत्र बर्दादेवी मन्दिरको प्रचारप्रसारका लागि टेवा पुग्ने बताए। गाउँपालिकाको रु एक लाख ५० हजार सहयोग र सैनिकले श्रमदान गरी हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष साउदले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्