एपिएफ र पुलिस क्लब महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

काठमाडौँ, २४ वैशाख । मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा एपिएफ र पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन ।
एपिएफ मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ ।

 

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको दोस्रो सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै एपिएफ अन्तिम दुईमा पुगेको हो । एपिएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङले ७१ औं मिनेटमा र अनिता केसीले ७६ औं मिनेटमा गोल गरिन् ।

 

रश्मिले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडमार्फत गोल गरिन् ।‌ अनिता केसीले पनि अनिता बस्नेतकै असिष्टमा गोल गरेकी हुन् ।

योसँगै रश्मि गोल्डकपमा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् । उनले २ खेलमा ६ गोल गरेकी छिन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपिएफकी रेनुका नगरकोटे प्लेयर अफ दि म्याच घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

दोस्रो हाफमा आफुलाई सम्हाल्न नसक्दा संकटा प्रतियोगिताबाट बाहिरिएको छ । अब एपिएफले उपाधिका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।फाइनल बिहीवार दिउँसो ३ बजे हुनेछ । पुलिस मंगलबार नै भएको पहिलो सेमिफाइनलमा चितवनलाई ७–० फराकिलो गोलान्तरले हराउँदै फाइनल प्रवेश गरिसकेको छ ।

यस्तै, विभागीय टोली नेपाल पुलिस क्लब मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
हेटौंडा–६ स्थित गौरीटार रंगशालामा मंगलवार भएको पहिलो सेमिफाइनल खेलमा चितवनको महिला टोलीलाई ७–० गोलले हराउँदै पुलिस उपाधि नजिक पुगेको हो ।

पुलिसको जितमा मिना देउवा र निर्मा उपाध्यायले ह्याट्रिक गरिन् । मिनाले खेलको २१ औं, ४० औं र ५९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
निर्माले ३४, ६६ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

 

पुलिसको लागि अर्को एक गोल ४५ औं मिनेटमा सुश्मा तामाङले गरिन् । देउवा प्लेयर अफ दि म्याच घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन्।फाइनल प्रवेश गरेको पुलिस उपाधिका लागि बिहीवार विभागीय टोली एपिएफ र संकटा क्लबबीचको विजेतासँग भिड्नेछन् ।

 

पिएफ र संकटाबीचको सेमिफाइनल खेल मंगलबार नै दिउँसो हुनेछ । खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रोले ३ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गनेछ भने अन्य विधागत उत्कृष्टले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्