काठमाडौँ, ११ चैतः गतसातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव १० अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ७८ को बिन्दुमा कायम भएको हो ।
आज विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार सात सय ३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा रू चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै वित्त समूह तीन दशमलव ५२ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ७१, विकास बैंक शून्य दशमलव ७१, होटल तथा पर्यटन एक दशमलव ०३, जलविद्युत् शून्य दशमलव ९५, लगानी शून्य दशमलव ८३, जीवन बीमा एक दशमलव ४६ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७८ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त शून्य दशमलव ७९, म्युचुअल फन्ड शून्य दशमलव ४४, निर्जीवन बीमा शून्य दशमलव ६५, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५० प्रतिशतले बढेको छ ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयरमूल्य आज सबैभन्दा धेरै नौ दशमलव ५१ प्रतिशतले बढ्को छ । सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको रू ३२ करोड ६९ लाख ७७ हजार ५७८ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता शेयर किनबेच भएको छ ।
गाजा पट्टीका विभिन्न क्षेत्रमा भएको इजरायली आक्रमणमा परी सोमबार दस जना प्यालेस्टिनीको मृत्यु भएको छ भने अन्य केही घाइते भएको जनाइएको छ ।
खान युनूसको दक्षिणमा क्विजान रस्वान क्षेत्रमा विस्थापितहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा छ जना नागरिकको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएको छ ।
उक्त सहरमा भएको अर्को हवाई आक्रमणमा धेरै प्यालेस्टिनीहरू घाइते भएको तथा अल–जाना क्षेत्रस्थित एक घरको आँगनमा पार्क गरिएको गाडीमा बम विस्फोट हुँदा एक जना नागरिक घाइते भएको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार विस्तापितलाई निशाना बनाए गरेको हमलाका घाइतेहरूलाई कुवेतस्थित विशेष अस्पतालमा लगिएको थियो ।
कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार खान युनसले आइतबार रातदेखि इजरायली धेरै घर विस्थापितको आश्रय स्थल तथा पार्क गरिएका सवारीलाई लक्षित गरी आक्रमण गरीरहेका छन् ।
गाजा पट्टीका बिभिन्न सहरमा सोमबार भएको इजरायली हवाई आक्रमणमा करीव १६ जनाको मृत्यु हुनुका साथै दुई आवासीय घरहरूमा भएको आक्रमणमा चार जना नागरिकको मृत्यु भएको जनाइएको छ ।
अल–नुसिरात शरणार्थी शिविरको दक्षिणपश्चिम स्थित अल–सवारा क्षेत्रमा भएको इजरायली आक्रमणमा चार जना घाइते भएको उल्लेख गरिएको छ ।
इजरायलले जनवरी १९ देखि लागु भएको युद्धविराम सम्झौता अन्तर्गत दुई महिनाको युद्धविरामपछि गाजा पट्टीमा आफ्नो आक्रमण पुनः सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्